एनआरटी र एपीएफको रोमाञ्चक बराबरी

नेपालभ्युज

एनआरटी र एपीएफको रोमाञ्चक बराबरी
फाइल तस्वीर ।

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा एनआरटी र एपीएफ क्लबले ३-३ गोलको बराबरी खेलेका छन्। आज दशरथ रंगशालामा शुरु भएको लिगको छैटौं चरणको खेलमा एपीएफ एनआरटीलाई बराबरीमा रोक्न सफल भयो।

खेलको ३२ औँ मिनेटमा दर्शन गुरुङले गोल गर्दै एआरटीलाई अग्रता दिलाए पनि ५ मिनेटपछि नै आशिष लामाले गोल गर्दै बराबरी गरेका थिए। दोस्रो हाफको शुरुआतमै गोल गर्दै दर्शनले पुन: एनआरटीलाई अग्रता दिलाए। ६० औँ मिनेटमा विदेशी खेलाडी मेसुकेले गोल गरेपछि एपीएफ २ गोलले पछि परेको थियो।

तर पाँच मिनेटको अन्तरालमा लगातार दुई गोल गर्दै एपीएफ खेलमा फर्कियो। खेलको ६५ औँ मिनेटमा दीपेश धिमाल र ६९ औँ मिनेटमा नवीन लामाले एपीएफका लागि गोल गरेका थिए।

त्यसपछि बाँकी समयमा कुनै पक्षले गोल गर्न नसकेपछि दुवै टिमले १-१ अंक बाँडे।

जारी लिगमा लगातार चौथो बराबरीपछि ६ खेलबाट ७ अंकसहित एनआरटी लिगको छैटौं स्थानमा छ भने ६ खेलमा ५ अंक रहेको एपीएफ ११ औँ स्थानमा छ। लिग लिडर मनाङको ५ खेलबाट १३ अंक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved