चंगासँगै ४० फिट उडे, तर भएन ठूलो दुर्घटना

नेपालभ्युज

चंगासँगै ४० फिट उडे, तर भएन ठूलो दुर्घटना

चंगा उडाउने शोखका कारण श्रीलंकामा एक जना चंगासँगै ४० फिट माथि आकाशमा उडेका छन्। डिसेम्बर २० मा देशको राजधानी कोलम्बोबाट उत्तरपूर्वी जाफनामा मानिसहरू चंगा उडाउँदै थिए। ठूलो चंगा उडाउन खोजेका एक व्यक्ति तीव्र हावामा चंगासहित ४० फिट माथि उडेका हुन्।

तर ४० फिट माथि उडेर खसे पनि उनलाई गम्भीर चोट भने लागेन। घटनाको भिडिओ पनि बाहिर आएको छ। जुन अहिले भाइरलझैं बनेको छ। जसमा नाद्रस मनोहरन नाम गरेका व्यक्ति चंगासँगै डोरीमा झुण्डिएका देखिएका छन्। उनी हावामा माथि माथि गएपछि केही मानिस उनको उद्धार गर्न दौडिरहेका भिडिओमा देखिन्छ।

मनोहरन धेरै बेर ढोकामा झुन्डिएर हात थाकेपछि ढोकाबाट निस्किएका थिए। भुइँमा लडेपछि केही समय असहज पीडाका कारण उनी त्यहीँ पल्टिएका थिए। उनलाई अहिले अस्पतालमा भर्ना गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved