बुस्टर डोज दिन डब्लूएचओको अनुमति पर्खिदै नेपाल

बुस्टर खोप दिने सबै तयारी पूरा भइसकेको छ, डब्लुएचओले अनुमति दिएलगत्तै लगाउन शुरु गरिन्छ : स्वास्थ्यमन्त्री

नेपालभ्युज

बुस्टर डोज दिन डब्लूएचओको अनुमति पर्खिदै नेपाल

काठमाडौं। नेपाल कोभिड–१९ विरुद्धको बुस्टर डोज खोपका लागि विश्व स्वास्थ्य संगठनको अनुमति पर्खाइमा बसेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारले छिट्टै कोरोनाविरुद्धको बुस्टर डोज दिने तयारी गरेको बताए।

उनले भने ‘‘बुस्टर दिनका लागि सबै तयारी अवस्थामामै छ डब्लुएचओले अनुमति दिनासाथ लगाइन्छ।”

पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई लगाइने छ। बिस्तारै वृद्धवृद्धा, बालबालिका हुँदै सबैलाई बुस्टर डोज दिइने उनले बताए।

यसअघि पहिलो प्राथमिकतामा परेर खोप लगाएकाहरूको एक वर्ष पुगिसकेको छ। उनीहरूलाई बुस्टर डोज लगाउन निकै आवश्यक रहेको त्यस्तै स्वास्थ्य विज्ञहरूले सल्लाह दिँदै आइरहेका छन्।

७ पुससम्म लक्षित जनसङ्ख्याको ६२ दशमलव ५ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन्। दोस्रो मात्रा ४९ दशमलव १ प्रतिशतले दोस्रो मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै हालसम्म तीन करोड ८५ लाख ३९ हजार ८४७ खोपको मात्रा आएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved