विद्युत महशुल नतिरेपछि गौतम बुद्ध क्रिकेट रंगशालाको लाइन काटियो

विद्युत महशुल नतिरेपछि गौतम बुद्ध क्रिकेट रंगशालाको लाइन काटियो

चितवन। आर्थिक अभावका कारण विगत पाँच महीनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो।

प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रंगशालाको विद्युत् महशुल आठ लाख ८७ हजार रुपैयाँ पुगेको छ। यो महशुल चार महीनादेखि भुक्तानी नभएपछि लाइन काटिएको उनले बताए। धुर्मुस सुन्तली फाउण्डेशनले निर्माणको नेतृत्व गरेको रंगशालामा आर्थिक अभाव भएपछि फाउण्डेसन निर्माणबाट पछि हटेको छ। फाउण्डेसनले१७ करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको भन्दै स्वामित्व लिइदिन भरतपुर महानगरपालिकालाई अनुरोध समेत गरेको छ।

यसैगरी प्राधिकरणले मदिरा उत्पादक कम्पनी माउन्ट एभरेष्ट ब्रुअरीले ३७ लाख ४१ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी रहेपछि सो उद्योगको पनि लाइन काटेको छ। यससँगै साना १२ फर्म तथा संस्थाको लाइन काटिएको पौडेलले जानकारी दिए। पचास हजारभन्दा बढी ग्राहक रहेको भरतपुर वितरण केन्द्रमा ६० दिन नाघेका बक्यौतासहित एक करोड ४० लाख रुपैयाँ हाराहारी महशुल उठ्न बाँकी रहेको कार्यालयले जनाएको छ। विगत केही वर्ष अघियस कार्यालयमा बक्यौता मात्र रु सात करोडसम्म पुगेको पौडेलले जानकारी दिए। पछिल्ला वर्षहरुमा महशुल असुलीमा कडाइ गरेपछि बक्यौता घटेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved