एजेन्सी । अहिलेको समयमा मेकअप र छालासम्बन्धी सौन्दर्य सामग्री महिलामा मात्र सीमित रहेनन् । बिग्रँदो जीवनशैली र बढ्दो प्रदुषणको कारणले गर्दा पुरुषहरुले पनि छालाको सुरक्षा गर्नका लागि एउटा तालिका बनाउनु पर्ने हुन्छ ।
यदी तपाईं प्राकृतिक रुपमा आकर्षक तथा सुन्दर देखिन चाहनुहुन्छ भने तपाईं पनि केही कुराहरुको विशेष ख्याल राख्न सक्नुहुन्छ ।
मानिस समय परिस्थितिसँगै परिवर्तन हुन एकदमै जरुरी हुन्छ । यदी तपाईं आफूलाई आकर्षक देखाउन चाहनुहुन्छ भने आफ्नो उपस्थिति तथा स्वास्थ्यको एकदमै ख्याल राख्नु पर्दछ ।
बढ्दो प्रदुषणको कारणले छालामा नोक्सान पु¥याई रहेको हुन्छ । यस्तोमा तपाईं हप्तामा कम्तीमा एकपटक छालामा स्क्रब तथा दैनिक रुपमा फेसवासको प्रयोग गर्नुहोस् । रातमा सुत्नुअघि आफ्नो अनुहार एकदमै सफासँग धुनु सबैभन्दा महत्वपूर्ण हुन्छ ।
यदी तपाईंको दाह्रीको कारणले अनुहार फरक तथा अस्वभाविक देखिएको छ भने दाह्रीलाई सुहाउँदो तरिकाले काट्नुहोस् । वा यदी तपाईंलाई दाह्री नपालेको सुहाउँछ भने नपाल्नुहोस् ।
त्यस्तै पुरुषहरुले आफ्नो कपालको पनि विशेष ख्याल राख्नुपर्ने हुन्छ ।
महिलाले केही महिना कपाल नकाटेर पनि चल्छ भने पुरुषले कम्तीमा महिनामा एकपटक ट्रिम गर्नुपर्ने हुन्छ ।
आकर्षक देखिनका लागि चाहिने सबैभन्दा महत्वपूर्ण कुरा व्यक्तिगत हाइजिन हो । यस्तो तपाईं दिनमा दुईपटक ब्रस गर्ने, फेसनको ध्यान दिने, नुहाउने वा अत्तरको प्रयोग गर्ने र साथमा सफा कपडा लगाउने गर्नुहोस् ।
तपाईं सुन्दर तथा आकर्षकसँगै सक्रीय हुन पनि जरुरी हुन्छ । त्यसैले दैनिक रुपमा कसरत तथा व्ययामहरु गर्न सक्नुहुन्छ । जीम वा अन्य बाहिर जान समय नभएको अवस्थामा घरमै योग, कसरत आदि गर्न सकिन्छ ।
Facebook Comment
Comment