डब्ल्युएचओ प्रमुखको चेतावनी : जीवन स्थगित गर्नभन्दा कार्यक्रम स्थगित गर्नु राम्रो

नेपालभ्युज

डब्ल्युएचओ प्रमुखको चेतावनी : जीवन स्थगित गर्नभन्दा कार्यक्रम स्थगित गर्नु राम्रो

एजेन्सी। विश्वभरका धेरै मानिसले अहिले क्रिसमस र छुट्टी मनाइरहेका छन्। विशेषगरी, ईसाई धर्मालम्बीको बाहुल्यता रहेका युरोपेली तथा अमेरिकी देशमा क्रिसमसमा लामो बिदा मिल्ने भएकाले मानिसहरु घुमघाममा मस्त हुन्छन्।

तर, कोरोनाको ओमिक्रोन भेरिएन्ट तिव्र फैलदैं गएपछि चिन्तित देखिएको विश्व स्वास्थ संगठनले यस्ता कार्यक्रमहरु स्थगित गर्न सबैलाई आग्रह गरेको छ। डब्ल्युएचओका महानिर्देशक टेडरोस अदानोम गेब्रियससले घुमघामका कार्यक्रम स्थगित गर्न आग्रह गरेका हुन्।

”जीवन नै स्थगित गर्नुभन्दा कुनै कार्यक्रम स्थगित गर्नु राम्रो हुन्छ,” जेनेभामा सोमबार उनले भने,”यो महामारीबाट मानिसहरु आजित भइसकेको मलाई थाहा छ। हामी सबै परिवार र साथीभाईसँग समय बिताउन चाहन्छौं। हामी सबै स्वभाविक अवस्थामा फर्कन चाहन्छौं। तर, चाडैं यस्तो गर्नका लागि हामीले आफु र अरूलाई सुरक्षित राख्‍ने कठिन निर्णयहरु गर्न सक्नुपर्नेछ। नेता र व्यक्तिले यस्तो गर्न सक्नुपर्छ”, उनले भने।

अहिले खुसी मनाउनु र पछि शोकाकुल हुनु उचित नरहेको उनले बताए। ”अहिले रमाएर पछि शोकाकुल हुनुभन्दा अहिलेलाई स्थगित गरेर पछि उत्सव मनाउनु राम्रो हुन्छ। गुमेको अवसर, निरन्तरको असमानता र नयाँ भेरिएन्टका विषयमा फेरि १२ महिनापछि यहाँ बसेर छलफल गर्ने रहर हामी कसैलाई छैन,” उनले थपे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved