ओलीप्रति माधव नेपालको आक्रोश – केपी ओली गफाडी नम्बर एक

नेपालभ्युज

ओलीप्रति माधव नेपालको आक्रोश – केपी ओली गफाडी नम्बर एक
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बोली एकातर्फ काम अर्कैतर्फ भएको आरोप लगाएका छन्। समाजवादी प्रेस संगठनले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ओलीलाई गफमा कसैले जित्न नसक्ने बताए।

अग्रगमनका पक्षधरहरू एकजुट भएर अघि बढिरहेकाले गठबन्धन लामो समयसम्म रहने उनको भनाइ थियो। उनले भने, ‘‘केपी ओली एक्लै बहुमत ल्याउँछु भनेर कुर्लिरहेको छ, गफमा त कसैले जित्न सक्दैन। केपी ओली गफाडी नम्बर एक, परपीडक नम्बर एक, अरुलाई पीडा मात्रै दिने,” उनले भने।

बामपन्थ र अग्रगमन छाडेर ओली रामपन्थ, दक्षिणपन्थ र यथास्थितिको बाटोमा लागेकाले उनले गल्ती सच्चाउन आग्रह गरे। उनले भने, ‘‘हामी गल्ती महशुस गरी आत्मालोचना गरी सही बाटोमा आउन अझैं अनुरोध गर्छौं।”

परिवर्तनका लागि गठबन्धनले जनभावनाअनुरुप काम गरिरहेको उनको भनाइ थियो। एमसीसीबारे टिप्पणी गर्दै उनले एमसीसी अध्ययनका लागि ३ जनाको कमिटी बनाएकाले अध्ययन र छलफल गरी जनभावनाअनुसार निर्णय गर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved