म्याराडोना कपमा बोका जुनियर्सले बार्सिलोनालाई हरायो

नेपालभ्युज

म्याराडोना कपमा बोका जुनियर्सले बार्सिलोनालाई हरायो

एजेन्सी। अर्जेन्टिनी स्टार डिएगो म्याराडोनाको संझनामा साउदी अरेबियामा आयोजना गरिएको म्याराडोना कपमा बोका जुनियर्सले बार्सिलोनालाई हराएको छ।

अर्जेन्टिनी क्लब बोकाले पेनाल्टी सुटआउटमा ४-२ को जीत निकालेको हो।

प्रशिक्षक जाभीले डेनी अल्भेसलाई यही खेलमार्फत बार्सिलोनामा पुनः डेब्यु गराए। तर, कप जित्ने उनको आशा पूरा हुन सकेन। पछिल्लो समय बार्सिलोनाले एकपछि अर्को खेलमा खराब प्रदर्शन गरिरहेको छ।

एक साताअघि च्याम्पियन्स लिगबाट बाहिरिएको बार्सा तीन दिनअघिमात्रै ला-लिगामा ओशासुनासँग बराबरीमै रोकिएको थियो।

साउदीमा बार्साले सुरुवातमा राम्रो खेलेको थियो। युवा खेलाडी फेरान जुट्ग्लाले दोस्रो हाफ शुरु भएको पाँचौ मिनेटमै बार्सालाई अग्रता दिलाए। तर, ७७ औं मिनेटाम बोकाका इजिक्वेल जेबाल्लोसले बराबरी गोल फर्काए।

त्यसपछि पेनाल्टी सुटआउटमा माथियुस् पेरेराको सटलाई बोकाका गोलकिपर अगस्टिन रोस्सीले जोगाए। त्यस्तै, गुमेल जेमीको सट बारभन्दा माथि लाग्यो। यता, बोकाका सबै चार खेलाडीले गोल गरे।

नोभेम्बर २०२० मा निधन भएका पूर्व अर्जेन्टिनी स्टार म्याराडोनाको सम्मानमा यो प्रतिस्पर्धा आयोजना गरिएको हो। म्याराडोनाले आफ्नो करियरमा बार्सा र बोका दुबैबाट खेलेका थिए। म्याराडोनाकी पूर्वपत्नी क्लाउडिया र छोराीहरु डाल्मार गियान्निना यो खेल हेर्न उपस्थित भएका थिए।

खेलको मध्यान्तरमा अर्र्जेन्टिनाका चर्चित संगीतकार स्वर्गीय रोड्रिगोका छोराले म्याराडोनाको सम्मानमा ‘ला माने दे डियोस’ नामक गीत प्रस्तुत गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved