बागमती प्रदेश : मन्त्रीहरूको शपथ ग्रहणस्थलमा निजी मिडियाका पत्रकारलाई निषेध

नेपालभ्युज

बागमती प्रदेश : मन्त्रीहरूको शपथ ग्रहणस्थलमा निजी मिडियाका पत्रकारलाई निषेध

काठमाडौं । बागमती प्रदेशको मन्त्रीहरूको शपथग्रहणमा निजी सञ्चारमाध्यमका पत्रकारहरूलाई समाचार संकलनमा रोक लगाइएको छ। शपथ ग्रहणस्थलमा पत्रकारलाई प्रवेश निषेध गरिएकाले उनीहरू बाहिर बस्न बाध्य भएका छन्।

आज मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दै छन्। मुख्यमन्त्री पाण्डेले गठबन्धनमा रहेका दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

नेकपा (माओवादी केन्द्र) का र नेकपा (एकीकृत समाजवादी) का तीन/तीन जना मन्त्रीले शपथ ग्रहण गर्दै छन्। जसमा पाँच जना पूर्ण र एक जना राज्यमन्त्री बन्दै छन्। सरकारी मिडियाका भने तीन जना पत्रकारलाई मात्र भित्र पस्न दिइएको बाहिर रहेका पत्रकारहरूले जनाएका छन्।

यतिबेला प्रदेश प्रमुख कार्यालयको अगाडि पत्रकारहरू बसिरहेका छन्। १५ जनाको संख्यामा रहेका निजी सञ्चारमाध्यमका पत्रकारहरूले भने यसप्रति विरोध जनाइरहेका छन्।

यसअघि पनि बागमती प्रदेश मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रममा ‍निजी संस्थाका सञ्चारकर्मीहरूलाई शपथग्रहणस्थलमा प्रवेश गर्न दिइएको थिइएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved