एमाले– चिनियाँ कम्युनिस्ट पार्टी वार्ता– सम्बन्ध अझै बलियो बनाउनुपर्नेमा जोड

नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका उपमन्त्री चेन चाओबीच वार्ता भएको छ।

नेपालभ्युज

एमाले– चिनियाँ कम्युनिस्ट पार्टी वार्ता– सम्बन्ध अझै बलियो बनाउनुपर्नेमा जोड

काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका उपमन्त्री चेन चाओबीच वार्ता भएको छ। डिसेम्बर १३ मा भिडिओ वार्ताका क्रममा चेनचाओले एमाले महासचिव पोखरेललाई पदभार ग्रहण गरेकोमा बधाई दिएका छन्। वार्तामा दुई पार्टी बीचका अन्तर सम्बन्धित विचारहरूलाई अझ बढी बलियो बनाउँदै लैजाने दुइबीच छलफल भएको एमालेले जनाएकाे  छ।

संसद बैठक मंगलबार बस्दै  छ।  बैठकमा अमेरिकी विदेश सहयोग परियोजना (एमसीसी) लगायतका प्रस्तावमा लगिने बताइएको छ। यसको पूर्वसन्ध्यामा भएकाे छलफललाइ अर्थपूर्ण रुपमा लिइएको छ।

पछिल्ला दिनमा सीपीसीलो नेपाली राजनीतिका पार्टीहरूसँग सम्पर्क विकास गरिरहेको छ। यसअघि नोभेम्बर ५ मा  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र चेन चाओबीच भिडियो वार्ता भएको थियो।

नोभेम्बर २२ मा दक्षिण एसियाली वाम पार्टी र सरकार बीचको अनुभव सेमिनार तथा छैटौँ प्लेनरी सेसन एवम् सीपीसी केन्द्रीय समितिको नीति गत विषयको विचार आदानप्रदान सम्पन्न भएको थियो।

त्यस बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पनि बिचार राखेका थिए। सीपीसीले हासिल गरेको उच्चस्तरको सफलताले नेपाली सबै राजनीतिक पार्टीहरुकालागि सुखद् रहेको र यसले आपसी सौहार्दतता दिगो, स्वस्थ तथा नेपाल चीनबीचको विकास सम्बन्धमा गहिरो सम्बन्ध रहेको उल्लेख गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved