म्याड्रिड डर्बीमा रियल मड्रिडको जित, बार्सिलोना फेरि बराबरीमै

नेपालभ्युज

म्याड्रिड डर्बीमा रियल मड्रिडको जित, बार्सिलोना फेरि बराबरीमै

एजेन्सी। स्पेनिस लिगअन्तर्गत म्याड्रिड डर्बीमा रियल म्याड्रिडले एथलेटिकोलाई २-० ले हराएको छ।  रियलको जितमा करिम बेन्जेमाले घरेलु मैदानमा खेलको १६ औ मिनेटमा र एसेन्सियोले ५७ औ मिनेटमा एक–एक गोल गरे।

जारी लिगमा रियलको याे दशाैं जीत हो। जीतसँगै रियलले अंकतािलकामा स्पष्ट आठ अंकको अग्रता लिएको छ।  १७ खेलबाट उसको ४२ अंक छ, दोस्रो स्थानमा रहेको सेभिल्लाको १६ खेलबाट ३४ अंक मात्र छ।
डिफेण्डिङ च्याम्पियन एथ्लेटिको म्याड्रिड भने १६ खेलबाट २९ अंकसहित लिगको चौथो स्थानमा छ।

उता, यो सिजन निकै खराब फर्मबाट चलिरहको बार्सिलोना भने खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा ओसासुनासँग २–२ गोलको बराबरिमा रोकिएको छ।  खेलको १४ औं मिनेटमा युवा खेलाडी निकोलस गोन्जालेजले बार्साको खाता खोलेपनि दुई मिनेटपछि नै डेभिड गार्सियाले ओसासुनाको लागि बराबरी गोल फर्काएका थिए।

यसपछि खेलको ४९ औ मिनेटमा अर्का युवा खेलाडी इजालजोउलीको गोलमार्फत बार्सिलोनाले खेलमा पुनः अग्रता कायम गर्‍यो। तर, खेलको ८६ औं मिनेटमा एभिलाले पुनः ओसासुनाको लागि अर्को बरारी गोल गरे।
युरोपियन च्याम्पियन्सको समुह चरणबाट नै बाहिरिसकेको बार्सिलोना यो बरारिी पछि स्पानिस लिगमा पनि १६ खेलमा २४ अंकमै खुम्चिएको छ, रियलभन्दा बार्सा १८ अंकले पछि छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved