बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ। दाङमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार बेलुका करीब पौने ८ बजेतिर घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका-१६ कपासीमा रा १ च ३८५ नंको बोलेरोले रा ४ प ४०२ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते मोटरसाइकलमा सवार घोराही-१६ का ४३ वर्षीय युवराज चन्दको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते चन्दलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएलगतै चिकित्सकले मृत्यु भएको जानकारी दिएको उनले बताए। ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved