कैलालीमा धार्मिक भेला र उत्सव गर्न रोक, नाकामा कडाइ गर्ने निर्णय

नेपालभ्युज

कैलालीमा धार्मिक भेला र उत्सव गर्न रोक, नाकामा कडाइ गर्ने निर्णय

कैलाली।  जिल्ला प्रशासन कार्यालय कैलालीले कोरोनाको संक्रमण रोकथामका लागि धार्मिक भेला र उत्सवमा रोक लगाउने निर्णय गरेको छ।

कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम नियन्त्रणका लागि बिहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थान केन्द्र (डीसीएमसी) को बैठकले धार्मिक र सांस्कृतिक महत्वका स्थानमा नित्य पूजाबाहेकका भेला र उत्सवमा रोक लगाउने निर्णय गरेको हो।

यसैगरी डीसीएमसीले सबै नागरिकलाई खोप लगाउन जनस्वास्थ्य कार्यालयसँग समन्वयका लागि स्थानीय तहलाई निर्देशन दिने भएको छ। यसका साथै त्रिनगर र खक्रौला नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई थप व्यवस्थित गर्दै आवागमनमा कडाइ गर्ने निर्णय बैठकले गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

बैठकमा विगतका निर्णय कार्यान्वयनका विषयमा पनि समीक्षा भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved