लमजुङको भुस्मेमा जीप दुर्घटना, १२ जना घाइते

लमजुङको भुस्मेमा जीप दुर्घटना, १२ जना घाइते

लमजुङ। मर्स्याङ्दी गाउँपालिका ८ भुस्मे नजिकै कालिमाटी भन्ने स्थानमा ग१ज ६३१७ नम्बरको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। मर्स्याङ्दी – ९ सिमपानीबाट सोही पालिकाको पिसहिलडाँडा घुम्न यात्रु लिएर गएको सो जीप आज विहान दुर्घटनामा परेको भुस्मेका स्थानीयबासी होमराज तामाङले जानकारी दिए।

उनका अनुसार दुई जनाको जीपबाट उद्वार गर्न समस्या भइरहेको छ भने अन्य १० जनाको उद्धार गरेर जिल्ला अस्पताल ल्याइँदै छ। जीपमा सिमपानीस्थित गणेश माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक रहेका र घुम्तीमा ब्याक गर्ने क्रममा करीब ५० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ।

खुदी प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको र जीपले थिचेकाको उद्धार गर्ने काम भइरहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ। थप विस्तृत जानकारी आउन बाँकी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved