लेजेन्ड फुटबल खेलाडी पेले पुनः अस्पताल भर्ना

सेप्टेम्बर ३० मा अस्पतालबाट डिस्चार्ज भइसकेपछि पेलेले गत महीना आफूलाई ‘हरेक दिन राम्रो’ भइरहेको महशुस गरिरहेको बताएका थिए। चिकित्सकहरूले नियमित स्वास्थ्य परीक्षणका क्रममा ट्युमर पत्ता लगाएका थिए।

नेपालभ्युज

लेजेन्ड फुटबल खेलाडी पेले पुनः अस्पताल भर्ना

काडमाडौं। ब्राजिलका फुटबल लिजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल फर्किएका छन्।

८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए।

साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले जारी गरेको विज्ञप्तिमा बिरामीको अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने बताइएको छ।

सेप्टेम्बर ३० मा अस्पतालबाट डिस्चार्ज भइसकेपछि पेलेले गत महीना आफूलाई ‘हरेक दिन राम्रो’ भइरहेको महशुस गरिरहेको बताएका थिए। चिकित्सकहरूले नियमित स्वास्थ्य परीक्षणका क्रममा ट्युमर पत्ता लगाएका थिए।

तीन पटकको विश्वकप विजेता पेले सन् २०१२ मा हिप रिप्लेसमेन्ट सर्जरी गराएपछि सार्वजनिक रूपमा विरलै देखा पर्ने गरेका छन्। उनले प्रोस्टेट र मिर्गौला समस्यासँग पनि लडिरहेका छन्।

गत वर्ष, पेलेका छोरा एडिन्होले उनका बुबा कमजोर स्वास्थ्य र कमजोर गतिशीलताका कारण ‘एक प्रकारको डिप्रेसन’सँग लडिरहेका बताएका थिए।

पेलेले २१ वर्षको व्यावसायिक करियरमा १ हजार ३६३ खेलमा १ हजार २८१ गोलको विश्व रेकर्ड बनाएका छन्।

पेलेले ब्राजिलका लागि ९१ क्याप जितेका थिए। जसमा उनले ७७ अन्तर्राष्ट्रिय गोल गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved