सिटौला भेट्न चण्डोलमै पुगे रामचन्द्र पौडेल

मंगलबार साँझ चाक्सीबारीमा बसेको इतर पक्षको बैठकमा महामन्त्री शशांक कोइरालाले वरिष्ठ नेता पौडेललाई साझा सभापतिको उम्मेदवार बनाउने प्रस्ताव गरेपछि सिटौलाको पनि समर्थन जुटाउन उनीसँग भेटेका छन्।

नेपालभ्युज

सिटौला भेट्न चण्डोलमै पुगे रामचन्द्र पौडेल

काठमाडौं। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग भेट गरेका छन् ।

मंगलबार साँझ चाक्सीबारीमा बसेको इतर पक्षको बैठकमा महामन्त्री शशांक कोइरालाले वरिष्ठ नेता पौडेललाई साझा सभापतिको उम्मेदवार बनाउने प्रस्ताव गरेपछि सिटौलाको पनि समर्थन जुटाउन उनीसँग भेटेका छन्।

आज बिहान सिटौलाको निवास नै पुगेर पौडेलले सिटौलासँग कुरा गरेको बताइएको छ । इतर पक्षको बैठक अहिले पनि अनुपम फुडल्यान्डमा जारी छ ।

आजको बैठकले साझा सभापतिको उम्मेदवार तय गर्ने नेताहरुले मंगलबार नै घोषणा गरेका थिए।

यता, पूर्वमहामन्त्री सिटौलाको निवासमा पनि उनको समूहको बैठक अहिले जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved