तलब नदिएको र शिक्षक निष्कासन गरेको भन्दै विद्यालयमा महासंघले लगायो ताला

नेपालभ्युज

तलब नदिएको र शिक्षक निष्कासन गरेको भन्दै विद्यालयमा महासंघले लगायो ताला

काठमाडौं। नेपाल शिक्षक महासंघले राजधानीको गौशालास्थित प्यारागन आवासीय मा.वि.को कार्यालयमा तालाबन्दी गरेको छ।

विगत दुई वर्षदेखि शिक्षक कर्मचारीहरूलाई तलब सुबिधा नदिएको र शिक्षकहरूलाई बिनाकारण निष्कासन गरेको, वार्तामा बसेर समस्या समाधान गर्न पटकपटक गरेको आह्वानलाई समेत बेवास्ता गरेकोले ताला लगाउनु परेको नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य देवीदत्त पौडेलले बताए।

महसंघका अध्यक्ष कमला तुलाधर, सहअध्यक्ष पूर्णप्रसाद दवाडी, महासचिव लक्ष्मीकिशोर सुवेदी, सचिव झम्क चौलागाईं तथा इस्टु काठमाडौं जिल्ला अध्यक्ष सुरेश भट्ट र सचिव भूपाल उप्रेती प्रशासनसँग छलफल गर्न गए पनि संवादका लागि तयार नभएपछि ताला लगाउन बाध्य भएको महासंघले जनाएको छ।

प्रशासनले यसअघि पनि दर्जनौँ पटक भेट्न जाँदा पनि भेट नदिएको र फोन गर्दा पनि नउठाउने गरेको आरोप महासंघले लगाएको छ ।

विगतमा पनि पटकपटक समस्या उत्पन्न भएको उक्त विद्यालयले १ दर्जन बढी शिक्षकहरूलाई लामो समयदेखि कक्षा र तलब सुबिधा समेत नदिएको र गत १ मंसीरदेखि विद्यालय भौतिकरूपमा खुलेसगै उनीहरुलाई निस्काशन गरेको जानकारी गराएको थियोे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved