भारतमा ओमिक्रोन संक्रमितको संख्या ५ पुग्यो, दिल्लीमा पहिलो केस भेटियो

नेपालभ्युज

भारतमा ओमिक्रोन संक्रमितको संख्या ५ पुग्यो, दिल्लीमा पहिलो केस भेटियो

भारतको बैंगलोर, मुम्बई र जामनगरपछि अब दिल्लीमा पनि ओमिक्रोन भेरियन्टका संक्रमित भेटिएका छन्। दिल्लीका स्वास्थ मन्त्री सत्यें जैनका अनुसार यी संक्रमित तान्जानियाबाट आएका थिए।

एयरपोर्टमा जाँचपछि उनी ओमिक्रोन संक्रमित भएको पत्ता लगाएको हो। यी संक्रमितलाई दिल्लीको एलएनजीपी अस्पतालमा भर्ती गरिएको छ। यसअघि शनिबार गुजरातको जामनगरमा ओमिक्रोनका संक्रमित भेटिएका थिए।

त्यस्तै, मुम्बई र बैैगलोरमा पनि ओमिक्रोनका संक्रमित भेटिएका छन्। यसरी भारतमा यस भाइरसबाट संक्रमित हुनेको संख्या ५ पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved