किन गए ओली पञ्चायतकालीन राजनीतिज्ञ भद्रा घलेलाई भेट्न?

झण्डै एक घण्टाको बसाइँमा  भद्राको स्वास्थ्य अवस्थाबारे ओलीले जानकारी लिएको उनको सचिवालयले जनाएको छ।

नेपालभ्युज

किन गए ओली पञ्चायतकालीन राजनीतिज्ञ भद्रा घलेलाई भेट्न?

काठमाडौं। सेतै फुलेको कपाल । मुजैमुजा परेको अनुहारको छाला। पञ्चायतकालकी चर्चित राजनीतिज्ञ भद्राकुमारी घले अहिले ९० वर्षकी भइन्। तैपनि राजनीति, कला, साहित्य, समाजसेवामा अझै सक्रिय छिन्।

नौ दशक लामो जीवनमा उनले राजतन्त्रदेखि गणतन्त्रसम्मका भोगिन्। पाँचपटक राष्ट्रिय पञ्चायत सदस्य भइन्।

पञ्चायती व्यवस्थामा सक्रिय राजनीतिमा संलग्न उनी २०४६ सालपछि भने समाजसेवा र साहित्यमा मात्रै सक्रिय छिन्।

पञ्चायती व्यवस्थाको शुरूदेखि त्यसको उत्कर्ष र अवसानको साक्षी रहेकी घलेको घरमा आज दिउँसो नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यसँगै पुगे।

पछिल्लो समय ओलीको पक्षमा अभिव्यक्ति दिएर घले चर्चामा आएकी थिइन्। एमालेले १० औँ महाधिवेशनको प्रचारको लागि बनाएको एक भिडिओ सामग्रीमा उनको सानो अन्तर्वार्ता समेत समेटेको थियो।

भेटमा ओली र घलेबीच लामै कुराकानी भयो। झण्डै एक घण्टाको बसाइँमा  भद्राको स्वास्थ्य अवस्थाबारे ओलीले जानकारी लिएको उनको सचिवालयले जनाएको छ।

भेटमा घलेले आफूले लेखेका केही पुस्तक उपहार दिइन्।

भद्रा घलेकी आमा भक्तकुमारी घले पनि राजनीतिज्ञ थिइन्। उनी सिन्धुलीको अम्बोटे र हसाइमा २५ वर्षसम्म लगातार प्रधानपञ्च भएकी थिइन् । आमा भक्तकुमारीकै बिँडो थाम्दै देशमा पञ्चायती शासनव्यवस्था आएपछि राजनीतिमा प्रवेश गरेकी भद्रा ५ पटक माननीय अर्थात् राष्ट्रिय पञ्चायतको सदस्य बनिन् । र, त्यसपछि केही समय राज्यमन्त्री समेत बनेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved