बारको असहमतिकैबीच सर्वोच्चमा तोकियो पेशी

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलास गठन भएको छ। कुल १९२ मुद्दा पेशी चढेका छन्।

नेपालभ्युज

बारको असहमतिकैबीच सर्वोच्चमा तोकियो पेशी
फाइल फाेटाे

काठमाडौं। विभिन्न विवाद र छलफलका बीच सर्वोच्च अदालतमा इजलास गठन भएको छ। मुद्दाहरुको पेशी पनि तोकिएको छ।

सर्वोच्च अदालतमा आज एउटा एकलसहित १० इजलास तोकिएका छन्। न्यायाधीश दीपककुमार कार्कीको एकल इजलास गठन भएको छ। कुल १९२ मुद्दा पेशी चढेका छन्।

सबै मुद्दाको पेशी तोकिए पनि न्यायाधीशहरुले आज बन्दीप्रत्यक्षीकरणका मुद्दाहरु मात्रै हेर्ने तयारी गरेका छन्।

सर्वोच्च अदालतमा हिजो बुधबारदेखि गोलाप्रथाबाट इजलास गठन गर्ने र पेशी तोक्ने प्रक्रिया शुरु भएको छ। अदालतमा जारी विवादमध्ये गोलाप्रथा पनि एक थियो।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिरामी भएर अस्पतालमा रहँदासमेत कायममुकायम नतोकेको भन्दै नेपाल बार एशोसिएशनले आपत्ति जनाएपछि हिजो चलिरहेको इजलास त्यागेका न्यायाधीशहरुले आज पनि समयमै इजलास गठनका लागि गोल तानेनन्।

शुरुमा इजलास गठनमै अन्योल रहेको समयमा एक न्यायाधीशले जबरासँग टेलिफोन कुराकानी गरेका थिए। टेलिफोन कुराकानी गर्ने न्यायाधीश हरिकृष्ण कार्की रहेका स्रोतले बताएको छ।

टेलिफोन कुराकानीमा जबराले आफू भोलिसम्ममा डिस्चार्ज हुने जानकारी गराएका थिए। प्रधानन्यायाधीश भोलिदेखि सर्वोच्च आउने भएपछि न्यायाधीशहरुले गोला तानेर इजलास गठन भएको र पेशी चढेको हो।

आज इजलास गठन गर्ने समयमा न्यायाधीशहरु नेपाल बार र सर्वोच्च अदालत बारका अध्यक्षसँग छलफलमा बसेका थिए। बारका अध्यक्षहरुले कायममुकायम नतोकिएसम्म इजलासको गोला नतान्न भनेका थिए।

न्यायाधीशलाई बार अध्यक्ष श्रेष्ठले भने, ‘खुट्टा लरबराउने काम नगर्नुस्’

बारका अध्यक्षसँग न्यायाधीशको अनुरोध- हामीलाई इजलासमा जान दिनुस्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved