न्यायाधीशलाई बार अध्यक्ष श्रेष्ठले भने, ‘खुट्टा लरबराउने काम नगर्नुस्’

“प्रधानन्यायाधीश बिरामी भएको थाहा छ, अदालत आउनुभएको छैन थाहा छ”, न्यायाधीशलाई बार अध्यक्ष श्रेष्ठले भने, “तर, प्रधानन्यायाधीशको रुपमा काम गर्ने कुरा थाहा छैन। यस्तो खुट्टा लरबराउने काम नगर्नुस्।”

नेपालभ्युज

न्यायाधीशलाई बार अध्यक्ष श्रेष्ठले भने, ‘खुट्टा लरबराउने काम नगर्नुस्’
फाइल तस्वीर

काठमाडौं। नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई खुट्ट लरबराउने काम नगर्न चेतावनी दिएका छन्।

बार र सर्वोच्चका न्यायाधीशहरु बीचको छलफलका क्रममा बार अध्यक्ष श्रेष्ठले नेतृत्व नभएको न्यायालयमा बसेर इजलास गठन र पेशी नतोक्न पनि भने।

बारले सर्वोच्च परिसरमा दिएको धर्नामा बोल्दै श्रेष्ठले छलफलमा आफूले न्यायाधीशहरुलाई विधि र प्रक्रियाको पक्षमा बस्न भनेको बताए। उनले सुतेर बस्ने प्रधानन्यायाधीशको कल्पना नगरेको भन्दै नेतृत्वबिना अदालत चलाउन नहुने बताए।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अस्पतालबाटै अदालत चलाउन खोजेको बताए। सोही विषयलाई लिएर न्यायाधीशहरुलाई आफूले खुट्टा नरबराउने काम नगर्न भनेको श्रेष्ठले बताए।

“प्रधानन्यायाधीश बिरामी भएको थाहा छ, अदालत आउनुभएको छैन थाहा छ”, न्यायाधीशलाई  बार अध्यक्ष श्रेष्ठले भने, “तर, प्रधानन्यायाधीशको रुपमा काम गर्ने कुरा थाहा छैन। यस्तो खुट्टा लरबराउने काम नगर्नुस्।”

श्रेष्ठले बारको आन्दोलन प्रधानन्यायाधीशको राजीनामा नआएसम्म चलिरहने पनि बताए। न्यायाधीशहरु अहिले पनि छलफलमा रहेको र सोही अनुरुप निर्णय गर्ने पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved