बारका अध्यक्षसँग न्यायाधीशको अनुरोध- हामीलाई इजलासमा जान दिनुस्

अध्यक्ष शाक्य भन्छन्, 'प्रधानन्यायाधीश ठीक छन् भन्नुस्, हामी आन्दोलन नै गर्दैनौँ'

न्यायाधीशहरुलाई दिएको जवाफ सम्झँदै शाक्यले भने, “इजलास गठ्न गर्ने नगर्ने, जाने नजाने तपाईको विचार हो। तर कायममुकायम प्रधानन्यायाधीश बारे निर्णय नगरी इजलासमा बहस गर्न हामी जाँदैनौँ।”

नेपालभ्युज

बारका अध्यक्षसँग न्यायाधीशको अनुरोध- हामीलाई इजलासमा जान दिनुस्

काठमाडौं। नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बारका अध्यक्षसँगको छलफलमा न्यायाधीशहरुले आफूहरुलाई इजलासमा जान दिन अनुरोध गरेका छन्। बिहीबार बिहानको छलफलमा सर्वोच्चका न्यायाधीशहरुले यस्तो अनुरोध गरेका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कायममुकायम नदिएको अवस्थामा इजलासमा नबस्न बारले निर्देशन दिएपछि न्यायाधीशहरुले इजलासमा बस्न दिन अनुरोध गरेका हुन्।

सर्वोच्च परिसरमा जबराको राजीनामा माग्दै जारी धर्नामा सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले बैठकमा न्यायाधीशहरुले गरेको अनुरोधलाई सार्वजनिक गरेका हुन्। उनले भने, “बार र बेन्चको बैठकमा न्यायाधीशहरुले बेञ्चमा जानुपर्छ, जान दिनु भने। तर यो विषय नटुंग्याइ इजलास गठन गर्नु हुन्छ भने हामीले इजलासमा आउँदैनौ भन्यौँ।”

बारसँगको छलफलमा केही न्यायाधीशले जे जस्तो भए पनि बेञ्च शुरु गर्न दिनुपर्यो भनेको अध्यक्ष शाक्यले बताए। न्यायाधीशहरुलाई दिएको जवाफ सम्झँदै शाक्यले भने, “इजलास गठ्न गर्ने नगर्ने, जाने नजाने तपाईको विचार हो। तर कायममुकायम प्रधानन्यायाधीश बारे निर्णय नगरी इजलासमा बहस गर्न हामी जाँदैनौँ।”

नेपाल बारले कुनै न्यायाधीशको उक्साहट्मा आन्दोलन नगरेको भन्दै अध्यक्ष शाक्यले न्यायाधीशहरु बारको आन्दोलनसँग असहमत हो भने प्रधानन्यायाधीश जबरा ठीक छन् भन्न सक्नुपर्ने बताए। न्यायाधीशले त्यसो भने आफूहरुले आन्दोलन नगर्ने उनले बताए।

अध्यक्ष शाक्यले कायममुकायमको विषयमा निर्णय गर्न न्यायाधीशलाई छोडेर आएको बताए। उनले भने, “संंविधानको ग्याप फिल अप गर्न अहिले नजिर स्थापित गर्नुपर्ने बेला आएको छ। इतिहासमा दर्ज हुन्छ यी कुरा।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved