पुस्तकालयको तथ्याङ्क संकलन गर्दै सरकार

देशभित्रका पुस्तकालयको क्षमता विकास, सुदृढीकरण तथा सञ्चालनका लागि तथ्याङ्क संकलनले आवश्यक नीति निर्माण तथा विभिन्न कार्यक्रम तर्जुमा गर्न तीनवटै तहका सरकारलाई सहजता दिने विश्वास लिइएको छ।

नेपालभ्युज

पुस्तकालयको तथ्याङ्क संकलन गर्दै सरकार

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गर्न थालेको छ।

मन्त्रालयले रिड नेपाल र न्यू एराको सहकार्यमा पुस्तकालयको तथ्याङ्क संकलन शुरु गरेको हो। देशभित्रका पुस्तकालयको क्षमता विकास, सुदृढीकरण तथा सञ्चालनका लागि तथ्याङ्क संकलनले आवश्यक नीति निर्माण तथा विभिन्न कार्यक्रम तर्जुमा गर्न तीनवटै तहका सरकारलाई सहजता दिने विश्वास लिइएको छ।

अहिले मुलुकभर करीब एक हजार सामुदायिक पुस्तकालय रहेका छन्। पठन संस्कृतिको विकास गर्नु र डिजिटल माध्यमको प्रयोगसँगै सार्वजनिक पुस्तकालयलमा पाठक बढाउने चुनौती देखिएको छ।

मन्त्रालयको पुस्तकालय समन्वय तथा अभिलेख शाखाले अनलाइन प्रश्नावली भराएर आउँदो १५ पुसभित्र उपलब्ध गराउन आग्रह गरेका छन्। उत्तः कार्यमा अनुगमन गरी सहयोग गर्न मन्त्रालयले स्थानीय तहलाई पनि आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved