ओलीको सूचीमा नपरेका चार केन्द्रीय सदस्य निर्विरोध

प्रदेशमा खुलातर्फ, महिलामा खुला तर्फलगायतका सदस्यहरू निर्विरोध भएका हुन्।

नेपालभ्युज

ओलीको सूचीमा नपरेका चार केन्द्रीय सदस्य निर्विरोध

चितवन। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना निकटवर्तीसँग सल्लाह गरेर जारी गरेको सूचीमा नपरेका ४ जना नेताहरु केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । प्रदेशमा खुलातर्फ, महिलामा खुला तर्फलगायतका सदस्यहरू निर्विरोध भएका हुन्।

प्रदेश २ को खुलाबाट अरविन्द सिंह र सुमन प्याकुरेल, महिलाबाट रञ्जना सरकार निर्विरोध निर्वाचित भएका हुन् । त्यसै गरी, खुला महिलाबाट उषाकिरण तिमल्सेना पनि केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन् ।

खुला महिलातर्फ ५४ जनाको उम्मेदवारी परेको थियो । अध्यक्ष ओलीले नाम घोषणा गरेका ५३ जना महिला नेताहरूसहित तिमल्सेनाले पनि उम्मेदवारी दर्ता गरेकी थिइन् । सो क्लष्टरमा निर्विरोध निर्वाचित गराउनका लागि अध्यक्ष ओलीले राखेको नामबाट अर्चना गहतराजले नाम फिर्ता लिएपछि तिमल्सेना निर्विरोध भएकी हुन् ।

त्यसैगरी, लेखा आयोगका उपाध्यक्षमा विष्णु पन्थी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष ओलीले घोषणा गरेको सूचीमा रहेका विष्णु राउत उम्मेदवारी दिन नमानेपछि पन्थी निर्विरोध भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved