एमाले दशौँ महाधिवेशन

अध्यक्ष र सचिवमा चुनाव हुँदा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत

अघिल्लो महाधिवेशनमा तल्लो पदमा चुनाव हारेर पनि अहिले एक तह माथि उक्लेर महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा विष्णु रिमाल सर्वसम्मत चयन हुँदै गर्दा अघिल्लो महाधिवेशनमा अध्यक्ष जितेका केपी शर्मा ओलीले भने यसपटक पनि चुनौतीको सामना गर्दैछन्।

नेपालभ्युज

अध्यक्ष र सचिवमा चुनाव हुँदा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत

काठमाडौं। नेकपा एमालेको दशौँ महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा चुनाव हुँदै गर्दा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरानेध चयन भएका छन्।

बन्दसत्रमा केपी शर्मा ओलीले सर्वसहमतिका लागि प्रस्ताव गरेका पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा अन्यको उम्मेदवारी नपरेपछि ती पदमा सर्वसम्मत भएको हो।

जसअनुसार वरिष्ठ उपाध्यक्षमा दुई कार्यकाल महासचिव भइसकेका ईश्वर पोखरेल, महासचिवमा नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजित शंकर पोखरेल सर्वसम्मत चयन भएका छन्।

यस्तै, उपमहासचिवमा नवौँ महाधिवेशनमा सचिवमा पराजित विष्णु रिमाल, सचिवमै विजयी प्रदीप ज्ञवाली तथा पृथ्वीसुब्बा गुरुङ चयन भएका छन्। सचिवमा पराजित रिमालले उपमहासचिव पाउँदा ज्ञवाली र गुरुङले भने आफूलाई एक तह माथि पुर्याएका छन्।

अघिल्लो महाधिवेशनमा तल्लो पदमा चुनाव हारेर पनि अहिले एक तह माथि उक्लेर महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा विष्णु रिमाल सर्वसम्मत चयन हुँदै गर्दा अघिल्लो महाधिवेशनमा अध्यक्ष जितेका केपी शर्मा ओलीले भने यसपटक पनि चुनौतीको सामना गर्दैछन्।

ओलीलाई एमाले अध्यक्ष बन्नका लागि नवौँ महाधिवेशनमा उपाध्यक्ष भीम रावलको चुनौतीको सामना गर्नुपर्ने भएको छ। सर्वसम्मत अध्यक्ष बन्नका लागि ओलीले गरेका प्रयासहरु विफल भएसँगै उनी रावलसँग चुनाव लड्नुपर्ने अवस्थामा पुगेका हुन्।

यस्तै, उपाध्यक्ष र महासचिवमा पनि चुनाव हुने भएको छ। उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, राम बहादुर थापा, विष्णु पौडेल र सुरेन्द्र पाण्डेसँगै घनश्याम भुसालले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्।

ओलीले प्रस्ताव गरेको नाममा नवौँ महाधिवेशनका निर्वाचित उपमहासचिव भुसालले आफ्नो दाबी पेश गरेसँगै चुनाव हुने भएको हो। यता, ओलीको प्रस्तावमा थप दुई जनाको दाबी परेसँगै सचिवमा पनि चुनाव हुने भएको छ।

सचिवका लागि ओलीले रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र पद्मा अर्याललाई प्रस्ताव गरेका थिए। तर, नवौँ महाधिवेशनमा सचिव विजयी भीम आचार्य र नेता टंक कार्कीले पनि दाबी परेपछि चुनाव हुन लागेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved