गणतन्त्र र धर्मनिरपेक्षता अपेक्षाअनुसार चल्न सकेन : केसी

नेपालभ्युज

गणतन्त्र र धर्मनिरपेक्षता अपेक्षाअनुसार चल्न सकेन : केसी
फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र धर्मनिरपेक्षता अपेक्षाअनुसार चल्न नसकेको बताएका छन्। नेकपा एमालेको १० औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले जुन अपेक्षाअनुसार गणतन्त्र र धर्मनिरपेक्षताको घोषणा भएको थियो त्यो उद्देश्य पूरा नभएको बताएका हुन्।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका अस्तब्यस्त रहेको बताए। यिनको दोषी आफूहरू नै भएको उनको भनाइ थियो। ‘‘एकले अर्कोलाई आरोप मात्र लगाएका छौं, सबै संरचनामा भएको अस्तव्यस्तता हाम्रो कारणले भएको हो भन्न सक्नुपर्‍यो,” उनले भने।

राजनीति गर्ने व्यक्ति नसुध्रिएसम्म नेपाली जनताको अप्ठ्यारो यथावत रहने उनको भनाइ थियो। ‘‘हामी नमिल्ने, बाहिरकालाई दोष दिइरहेका छौं, बाहिरकाले खेल्छन् नै,” उनले भने, ‘‘हाम्रो अन्तरविरोध बाहिरकालाई देखाएर बाम आन्दोलनलाई कमजोर देखाइहेका छौं।”

नेपाली कम्युनिष्टहरूका अगाडि अबको परीक्षा सबै उपलब्धी गुमाउने कि बाम एकतासहित मिलेर अघि बढ्ने रहेको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved