देउवाको हात समातेर मञ्चमा पुगे ओली

नेपालभ्युज

देउवाको हात समातेर मञ्चमा पुगे ओली
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले) को १० औँ महाधिवेशनमा अतिथि बनेर गएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कार्यक्रमस्थलमा पुगेका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवाको हात समातेर मञ्चमा लगेका छन्।

उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले शुभकामना सन्देश दिने कार्यक्रम रहेको छ। एमालेले आफ्नो महाधिवेशनका लागि एमालेबाट छुट्टिएको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाहेक प्रमुख दलहरूलाई बोलाएको छ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रलाई पनि बोलाइए पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने सहभागी भएका छैनन्। कार्यक्रममा सहभागी हुन जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चा पार्टीका चित्रबहादुर केसी लगायतका नेताहरू चितवन पुगेका छन् भने भारत र चीनसहित १५ देशका अतिथि आएका छन् भने पाकिस्तानलाई भने निमन्त्रणा गरिएको थिएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved