एमाले महाधिवेशनका कारण भरतपुर क्षेत्रका शिक्षण संस्था प्रभावित

नेपालभ्युज

एमाले महाधिवेशनका कारण भरतपुर क्षेत्रका शिक्षण संस्था प्रभावित

चितवन। नेकपा (एमाले)को १० औँ महाधिवेशनका कारण भरतपुर क्षेत्रको शिक्षण संस्थामा असर परेको छ। महाधिवेशनका आउने भिडका कारण स्कुल बसहरू सञ्चालन गर्न अप्ठेरो हुने बताउँदै यस क्षेत्रको निजी स्कुल आजका लागि बन्द गरिएको छ।

चितवन एमाले अध्यक्ष पार्वती रावलले आफूहरूलाई स्कुल बन्दका विषयमा कुनै जानकारी नभएको बताइन्। ‘‘हामीले स्कुल बन्दका लागि कुनै आग्रह गरेका छैनौँ, न त कुनै स्कुलसँग सवारी साधनको सुविधा मागेका छौँ,’’ रावलले भनिन्।

यता भरतपुर वडा नम्बर ३ स्थित एक स्कुल शिक्षकले महाधिवेशनका कारण विद्यार्थी आउजाउका लागि समस्या देखिएका कारण स्कुल बन्द गर्ने निर्णय गरेको बताउँछन्। प्रशासनले स्कुल सञ्चालनका लागि केही प्रबन्ध नमिलाएको बताउँदै शिक्षकले भने, ‘‘शुरुमा ९ बजेअघि विद्यार्थी स्कुलमा ल्याउने र पाँच बजेपछि मात्रै छुट्टी दिने तयारी भए पनि अन्तिम अवस्थामा स्कुल बन्द गर्ने निर्णय भएको हो।’’

शुक्रबार शुरु हुने महाधिवेशनका लागि भरतपुरका तीन स्थानबाट र्‍याली निस्किने छन्। मुग्लिङतर्फबाट आउने र्‍याली भरतपुर आँपटाडीमा जम्मा भएर उद्घाटन स्थल नारायणी किनारतर्फ जाने छ। भने, नवलपरासीतर्फबाट आउने र्‍याली गैँडाकोटमा मिसिएर नारायणी किनारमा आउने चितवन एमालेकी अध्यक्ष रावलले बताइन्। पूर्वी चितवनतर्फबाट आउने र्‍याली केन्द्रीय बस टर्मिनलमा जम्मा भएर नारायणी किनारतर्फ आउने छ। भारतपुरका अन्य स्थानबाट निस्किने र्‍याली सोही र्‍यालीमा मिस्सिने जानकारी रावलले दिएकी छन्।
यस्तै हरेक र्‍यालीअघि रेडक्रसको एउटा एम्बुलेन्स रहने रावलले जानकारी दिएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved