एमाले महाधिवेशन

योगेश भट्टराई फेरि सचिव उठ्ने

नेपालभ्युज

योगेश भट्टराई फेरि सचिव उठ्ने
फाइल तस्वीर

चितवन । नेकपा (एमाले) सचिव योगेश भट्टराईले चितवनमा हुने पार्टीको दशौं महाधिवेशनमा पुनः सचिव पदमा उम्मेदवारी दिने भएका छन्।

महाधिवेशनमा सहभागी हुन चितवन आइपुगेका भट्टराईले आफूले यो पटक पनि सचिव पद दोहोर्‍याउन लागेको जानकारी गराए। आफू लामो रेसको घोडा भएकाले अहिले नै ठूलो पदका लागि नहतारिने प्रतिक्रिया दिए। साथै उनले यो पटकको उम्मेदवारी चौतारीको बसाइ भएको पनि तर्क गरे।

त्यसैगरी महाधिवेशवनको तयारी अन्तिम चरणमा पुगेको प्रचार प्रसार विभागका संयोजकसमेत रहेका भट्टराईले बताए। उनी अघिल्लो महाधिवेशनमा सचिव पदमा निर्वाचित भएका थिए।

पार्टीको दशौं महाधिवेशन यही १० मंसीरमा चितवनमा हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved