एमाले महाधिवेशनमा सहभागीका लागि २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’

एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले भने, “मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडा निर्माण गरिने छ।” त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिने छ। उनका अनुसार यी दुई स्थायी संरचना निर्माणका लागि करिब पाँच लाख खर्च हुने अनुमान गरिएको छ।

नेपालभ्युज

एमाले महाधिवेशनमा सहभागीका लागि २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’

चितवन। नेकपा (एमाले)को दशौँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ। उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम शुरु गरिएको हो।

एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन्। उनले भने, “मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडा निर्माण गरिने छ।” त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिने छ। उनका अनुसार यी दुई स्थायी संरचना निर्माणका लागि करिब पाँच लाख खर्च हुने अनुमान गरिएको छ।

महाधिवेशन उद्घाटनस्थललाई थप आकर्षक बनाउनका लागि अन्य २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्वीर राखिने छन्। मदन भण्डारी, भिआई लेनिनका तस्वीर पनि सेल्फी प्वाइन्टमा राख्ने व्यवस्था गरिएको श्रेष्ठले बताए।

ट्रेड युनियन महासंघको नेतृत्वमा निर्माण हुन लागेको मजदुरले उचालेको पृथ्वीले संसार बनाउने मजदुरको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिने उनको भनाइ छ। यसका लागि चार लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यस्तै, एमालेको दशौँ महाधिवेशनको लोगो गैँडाले एमालेको झण्डा उठाएको प्रतिमा निर्माणका लागि एक लाख रुपैयाँ खर्च हुनेछ। यो फाइबरको बन्ने छ। नदी किनारमा स्थायीरूपमा राखिने यस्ता संरचनाले नदीको तटबन्ध गर्नका लागि राज्यको ध्यान पुग्ने श्रेष्ठ बताउँछन्।

मञ्च निर्माणको काम ५० प्रतिशत सम्पन्न भइसकेको छ। उद्घाटनसत्रमा सहभागी हुने भीड नियन्त्रण गर्न पाँच स्थानमा बकेट (डोरीको छेकबार) निर्माण गरिने छ। दुई ड्रोनले नियमितरूपमा निरीक्षण गरिरहने छ।

एमाले महाधिवेशन यही १० देखि १२ मंसिरमा चितवनमा हुँदै छ। सो महाधिवेशन उद्घाटनसत्रमा पाँच लाख जनाको सहभागिता रहने एमालेले जनाएको छ। उद्घाटनसत्र नारायणी नदी किनारमा र बन्दसत्र सौराहामा गर्ने तय भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved