एमाले महाधिवेशन तयारी : २२ सय जना अट्ने हल बनाइँदै (भिडिओसहित)

नेपालभ्युज

एमाले महाधिवेशन तयारी : २२ सय जना अट्ने हल बनाइँदै (भिडिओसहित)

चितवन। नेकपा एमालेले चितवनमा हुने १० औं महाधिवेशनको तयारी तीव्र पारेको छ। महाधिवेशन स्वंयमसेवक संयोजक विनोद श्रेष्ठका अनुसार महाधिवेशनमा आउने प्रतिनिधि र सहभागीहरूको व्यवस्थापनको तयारी आधाभन्दा बढी भइसकेको छ।

जसअनुसार चितवनको सौराहामा बन्द सत्र र नारायणी किनारमा उद्घाटन सत्र हुने जनाइएको छ। उद्घाटन सत्रका लागि स्टेज निर्माणको काम आधा भइसकेको उनले बताए। ८ मंसीरसम्म ९० प्रतिशत काम सकिने र बाँकी काम ९ गते सकिने श्रेष्ठले बताए।

सौराहमा बन्दसत्रका लागि चाहिने हल निर्माण भइरहेको छ। कुनै पनि होटलमा एक हजारभन्दा बढी मानिस अट्ने ठाउँ नभएकाले दुई हजार, २२ सय जना अट्ने हल आवश्यक परेको उनले बताए। जसका लागि निर्माणक कार्य तीव्र पारिएको उनले जानकारी दिए।

महाधिवेशनबाट नेतृत्व चयन पनि हुने हुँदा गोप्य मतदानका लागि निर्वाचनस्थल पनि बन्ने क्रममा रहेको श्रेष्ठले बताए। यस पटक महाधिवेशनमा इ-भोटिङ मेसिन राख्ने ठाउँ पनि निर्माणको क्रममा रहेको उनले जनाए।

जसअनुसार एकै पटक १०० जनाले मतदान गर्न मिल्ने गरी ठाउँ बनाइने उनको भनाइ छ। व्य‍वस्थापनका लागि स्वयंसेवक खटिएका छन्। पार्टीले दिएको खर्चमा सबै व्यवस्थापन सकिने पनि उनले‍ बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved