एमाले स्थायी कमिटी बैठक स्थगित

नेपालभ्युज

एमाले स्थायी कमिटी बैठक स्थगित
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले)को स्थायी कमिटीको बैठक स्थगित भएको छ। सोमबार दिउँसो ३ बजेका लागि तय गरिएको बैठक आन्तरिक तयारी नपुगेको भन्दै स्थगित भएको हो।

बैठकमा ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने कार्यतालिका रहेको थियो। महाधिवेशनसँग सम्बन्धित विषयमा तुलसीलाल आमात्य प्रतिष्ठानमा बैठक बोलाइएकोमा आन्तरिक तयारी पूरा नभएपछि बैठक सारिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार बैठक मंगलबार बिहानसम्मका लागि स्थगित भएको हो।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०,११ र १२ गते चितवनमा हुँदैछ । त्यसका लागि एमाले १ हजार ९९९ महाधिवेशन प्रतिनिधिमार्फत २३५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved