अधिकार कटौती नभएसम्म चोलेन्द्रले बिचौलिया पाल्न छाड्दैनन् -बार अध्यक्ष श्रेष्ठ

नेपालभ्युज

अधिकार कटौती नभएसम्म चोलेन्द्रले बिचौलिया पाल्न छाड्दैनन् -बार अध्यक्ष श्रेष्ठ
फाइल तस्वीर

काठमाडौं। नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा भएको अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम नरोकिने बताएका छन्।

आइतबार नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतमा दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीशले लिएसम्म बिचौलिया पाल्ने काम नरोकिने आरोप लगाए।

न्यायपरिषद्बाट न्यायाधीशहरूलाई सरुवा काजमा पठाउने अधिकार अझै पनि प्रधानन्यायाधीशले लिइराखेका र सोही अधिकारमार्फत आफू अनुकूलको काम गर्नसक्ने उनको भनाइ छ।

गोलाप्रथा लागू हुनासाथ प्रधानन्यायाधीशको दाह्रा, नङ्ग्रा गयो भन्ने भ्रममा नपर्न पनि उनको आग्रह छ। अध्यक्ष श्रेष्ठले चोलेन्द्र शमशेर जबरा नहटेसम्म आन्दोलन जारी रहने पनि बताए। उनले भने, “अहिले न्याय सम्पादनमा प्रधानन्यायाधीशलाई त हटाउने काम गर्न खोजिएको छ। तर विचौलियाहरूलाई पाल्ने काम न्याय प्रशासनको, न्याय परिषद्बाट न्यायाधीशहरूलाई सरुवा काजमा पठाउने अधिकार अहिले पनि प्रधानन्यायाधीशले लिइराखेको छ, कानूनविपरीत। त्यो नखोसिएसम्म प्रधानन्यायाधीश त ढुक्क भएर बस्ला, उसले खान पाउने तरीका त अर्को छँदैछ।”

न्याय प्रशासन र न्याय सम्पादनबाट जबसम्म चोलेन्द्र हट्दैनन्, तबसम्म यो आन्दोलन कायम रहने उनले बताए।

आगामी दिनमा प्रधानन्यायाधीश जबराविरुद्ध राजनीतिक दलकहाँ र संसदमा पनि जाने भन्दै चोलेन्द्र जानुअघि नै राजीनामा दिन उनले चेतावनी पनि दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved