बझाङ हिरासतभित्र ७७ बर्षीया वृद्धाको मृत्यु

नेपालभ्युज

बझाङ हिरासतभित्र ७७ बर्षीया वृद्धाको मृत्यु

धनगढी। जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतभित्रै ७७ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। केदारस्युँ गाउँपालिका-२ महर गाउँकी कृष्णादेवी रावलको शनिबार बिहान ९ बजे हिरासतमै मृत्यु भएको हो।

कर्तव्य ज्यान मृद्दामा २० कात्तिकदेखि हिरासतमा रहेकी रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख (डिएसपी) ज्ञान बहादुर बिष्टले बताए।

‘‘बिहान हिरासतभित्र सुरक्षाकर्मी लगाएत हिरासतमा रहेकाहरु चिया पिईरहेका थिए, उहाँपनि चिया पिउँदै हुनुहुथ्यो, चिया पिउँदापिउँदै एक्कासी अचेत हुनुभयो’’ डिएसपी बिष्टले भने, ‘‘अचेत भएपछि जिल्ला अस्पताल पठायौ र अस्पतालले मृत घोषणा गर्यो।’’

बझाङका प्रमुख सन्दिप कुमार ओखेडाले मृतक रावललाई अस्पताल ल्याउनु अघि नै मृत्यु भइसकेको र पोष्टमार्टमको तयारी भइरहेको बताए।

मृतक रावल र उनका छोरा जय बहादुर रावल बुहारी हत्याको आरोपमा हिरासतमा थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved