एमालेले महाधिवेशनमा प्रधानमन्त्री देउवालाई बोलायो

नेपालभ्युज

एमालेले महाधिवेशनमा प्रधानमन्त्री देउवालाई बोलायो
फाइल तस्वीर

काठमाडौं । नेकपा (एमाले) आफ्नो आगामी महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई अतिथिका रूपमा निमन्त्रणा गरेको छ। एमालले उद्घाटन सत्रमा देउवालाई आमन्त्रण गरेको जनाएको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ र महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा राजन भट्टराईले देउवालाई निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए।

१० मंसीरदेखि एमालले चितवनमा महाधिवेशन गर्दै छ। एमालेले देउवासँगै उद्घाटन समारोहमा आतिथ्यका लागि नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), नेपाल मजदुर किसान पार्टीलाई पनि निमन्त्रणा गरेको छ।

नेकपा एकीकृत समाजवादीलाई भने एमालले यसअघि नै नबोलाउने जनाइसकेको छ।

दशौँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार एक लाख ५० हजारप्रति निमन्त्रणापत्र तयार पारेर जिल्लाका ९८ वटै वडामा पठाइएको छ।

थप माग भएमा पठाउने तयारी गरिएको उनले जानकारी दिए। वडा कमिटीहरूले भेला र बैठक गरेर निमन्त्रणापत्र वितरण शुरु गरिसकेको उनले बताए।

एमालेको दशौँ महाधिवेशन यही १० देखि १२ मंसिरसम्म चितवनमा हुँदैछ। उद्घाटन कार्यक्रम नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहास्थित होटल सेभेन स्टार परिसरमा हुने तय गरिएको छ।

उद्घाटनसत्र हुने नारायणी नदी किनारमा मञ्च र अन्य व्यवस्थापनको काम शुरु भइसकेको छ।

यस्तै, बन्दसत्र हुने सौराहाको होटल सेभेन स्टार परिसरमा समेत बन्दसत्र गर्ने हल निर्माणलगायत अन्य काम शुरु भइसकेको अध्यक्ष रावलले जानकारी दिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved