प्रधानमन्त्री नभए पनि गठबन्धनमा म बलियो छु : प्रचण्ड

नेपालभ्युज

प्रधानमन्त्री नभए पनि गठबन्धनमा म बलियो छु : प्रचण्ड

महोत्तरी।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र आफू बलियो भएको बताएका छन्। महोत्तरीस्थित रामगोपालपुर नगरपालिकाको सभालाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री नबने पनि आफूले प्रधानमन्त्री बनाएको बताए।

उनले पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली समूह मधेश र राष्ट्रविरोधी भएको अरोप लगाए। देशभित्र र बाहिरबाट ठूलो सेटिङ भएको बताउँदै उनले सडक आन्दोलनबाट बादशाह ठानेको ओलीलाई आफूहरूले बालकोट पुर्‍याएको बताए।

‘‘सेटिङ ठूलै थियो, देश भित्र र बाहिरको सेटिङ भएको थियो तर सडकमा आन्दोलनको लहर चलेपछि प्रतिगामी झुक्यो,” उनले भने,‘‘बादशाह ठानेको केपी ओलीलाई बालकोट पुर्‍याइयो।” ओलीले चुरेको दोहन गरी बालुवा निकाल्ने नाममा मधेशलाई मरुभूमि बनाउन खोजेकोमा आफूहरूले चुरे दोहन रोकेको उनको भनाइ थियो।

यस्तै उनले संविधान संशोधन हुने बताए। आफू प्रधानमन्त्री हुँदा दुईपटक संविधान संशोधनका लागि प्रस्ताव लिएको बताउँदै उनले संविधान संशोधन नभएसम्म लडिरहने बताए।

मधेशी जनताको पहिचान तथा सबै जाती र वर्गको अधिकारका लागि लडिरहेकाले मधेशमा मा‌‌ओवादी नम्बर एक पार्टी बन्ने दाबी उनले गरे। मधेश केन्द्रीत पार्टी भनेर राजेन्द्र महत्तो र महन्थ ठाकुरहरूलाई रंगपोत गरी माओ‌वादीलाई विरोधी बनाउने प्रयास गर्दै मधेशी जनताको पहिचान र अधिकारमाथि कुठाराघात भएको उनले बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved