३८ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोप

दोस्रो डोज भने २५ प्रतिशतले मात्र लगाए

नेपालभ्युज

३८ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोप

काठमाडौं। लक्षित जनसंख्याको ३८ प्रतिशतले हालसम्म नेपालमा कोभिड भाइरसविरुद्ध खोप लगाएका छन्।

देशभर १८ वर्षमाथि खोप लगाउने लक्षित जनसंख्या १ करोड ९९ लाख २२ हजार १६४ रहेका छन्। तीमध्ये हालसम्म ३७ दशमलव ९ प्रतिशतले खोपको पूर्ण मात्रा अर्थात् दुवै डोज लगाएका छन् भने पहिलो मात्रा लगाउने ४४ दशमलव ३ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

मन्त्रालयका अनुसार नेपालमा कुल जनसंख्याको ३० प्रतिशतले पहिलो मात्र लगाएका छन् भने २५ प्रतिशतले दास्रो मात्रा लगाएका छन्। हालसम्म भाइसविरुद्ध खोपको पहुँचसम्म पुग्नेको जनसंख्या एक करोड ६३ लाख ८१ हजार ९८८ छ रहेको मन्त्रालयले जानकारी दिएको छ।

सरकारले असोजसम्ममा लक्षित जनसंख्याको एक तिहाइलाई खोप लगाउने योजना बनाएको थियो। जुन पूरा भएको खोप महाशाखा प्रमुख सागर दाहालले बताए।

उनका अनुसार पुससम्ममा लक्षित जनसंख्याको दुई तिहाइलाई खोप लगाउने योजना रहेको छ। जुन पूरा पनि हुने बताइएको छ। चैत मसान्तसम्म सबैलाई पूर्ण मात्रा खोप दिने भनिएको छ। जसअन्तर्गत नै काम भइरहेको र पूरा पनि हुने उनले दाबी गरे।

सरकारले देशभरका करिब चार हजार खोप केन्द्रबाट कोभिडविरुद्ध खोप लगाइरहेको छ।

त्यस्तै नेपालमा हालसम्म खरिद र अनुदानमार्फत दुई करोड ३६ लाख खोप ल्याइसकिएको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए।

नेपालमा हालसम्म कोभिडशिल्ड एस्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन र हिजो(आइतबार) बाट भने १२ वर्षमाथिका दीर्घ रोग भएका नागरिकलाई फाइजर खोप लगाउन शुरु गरिएको हो।

नेपालमा कोरोना संक्रमण फैलिएको एक वर्ष अर्थात् गत माघ १४ गतेदेखि खोप लगाउन थालिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved