इतिहासको गहिरो अध्ययनबाट जनयुद्ध थालिएको थियो – प्रचण्ड

नेपालभ्युज

इतिहासको गहिरो अध्ययनबाट जनयुद्ध थालिएको थियो – प्रचण्ड
फाइल तस्वीर

काठमाडौं । आफूले थालेको जनयुद्ध त्यति सजिलै नभएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्।

शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विप्लव नेकपाबाट पार्टी प्रवेश गर्नेहरूलाई सम्बोधन गर्दै  प्रचण्डले भने, “निकै ठूलो तरंगसहित परिवर्तनको आधारशिला खडा गर्‍यो, त्यो त्यति सजिलै कसैको लहडमा भएको कुरा होइन। इतिहासको गहिरो अध्ययनबाट, वैज्ञानिक निष्कर्षसहित सबै प्रतिभाहरूलाई केन्द्रित गर्दै अगाडि बढाइएको महान् विद्रोह थियो त्यो।”

पृथ्वीनारायण शाहले राज्यविस्तारका लागि गरेका लडाइँ र माओवादीले थालेको जनयुद्धलाई तुलना गरे। जहाँ सबैभन्दा बढी नेपाली जनताले त्याग र बलिदानी गरेका पनि उनले बताए।

आफूहरूले‍ चाहेको जस्तै गरी यो क्रान्ति गएको भए नयाँ जनवादी क्रान्तिमा पुगिने उनले बताए। कम्युनिष्ट आन्दोलनका शिखर लेनिनको भनाइलाई उनले उदाहरण दिँदै भने, “चौताराहरूमा पनि विश्राम लिन्नँ भनेर भन्यो भने त्यसले शिखर छुन सक्दैन।”

प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पनि आफ्नो पार्टीमा प्रवेश गराउन प्रतिक्षारत रहेको बताए। विप्लवलाई पनि आफ्नो पार्टीमा छिट्टै भित्र्याउन आफू आतुर रहेको  उनको भनाइ थियो। भने, “विप्लवजीहरूलाई अंकमाल गर्ने दिनको प्रतीक्षामा छु।”

विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता/कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले पुराना सहयात्रीहरू मोहन वैद्य किरण, विप्लवलगायत नेतृत्वका कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्ने अभियानमा आफू रहेको बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved