विश्वकप छनोट : शुक्रबार बिहानबाट दक्षिण अमेरिकी खेल शुरु

नेपालभ्युज

विश्वकप छनोट : शुक्रबार बिहानबाट दक्षिण अमेरिकी खेल शुरु

काठमाडौं । कतार विश्वकप छनोटअन्तगर्त भोलि बिहान दक्षिण अमेरिकी राष्ट्रहरूको खेल हुँदैछन्। भोलि बिहान विश्वकपको सर्वाधिक विजेता ब्राजिलले कोलम्बियासँग सवा ६ बजे खेल्नेछ।

त्यसैगरी शनिबार बिहान पौने पाँच बजे अर्जेन्टिनाले उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिनाले उरुग्वेलाई अघिल्लो भेटमा ३-० ले हराएको थियो। त्यसैगरी पाराग्वेले चिलीसँग पौने पाँच बजे खेल्दा बोलिभियाले पेरुसँग पौने आठ बजे खेल्नेछ। भेनेजुएलाले भने पौने चारै बजे इक्ववेडरसँग खेल्नेछ।

१० राष्ट्र सम्मिलित यो समूहमा ब्राजिल ११ खेलपछि अपराजित रहँदै शीर्ष स्थानमा छ। उसले एक खेल बराबरी गरेको छ। त्यस्तै दोस्रो स्थानमा रहेको अर्जेन्टिना पनि अपराजित छ। ४ बराबरीपछि उसको २५ अंक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved