शेयर बजार रात्तै

नेपालभ्युज

काठमाडौं। साताको अन्तिम कारोबार दिन शेयर बजार रात्तै देखिएको छ। यस दिन १३ ओटै समूहको परिसूचक ओरालो लागी नेप्से परिसूचक ५९ दशमलव ५७ प्रतिशतले घटेर २ हजार ६९० दशमलव २९ अंकमा बजार बन्द भएको छ।

यस दिन पाँच अर्ब ११ करोड ९६ लाख रुपैयाँको ९४ लाख ७५ हजार कित्ता शेयर कारोबार भएको  छ। आज सर्वाधिक मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले घटेको छ भने तेह्रथुम पावर कम्पनीको शेयर ९ दशमलव ९९ प्रतिशतले बृद्धि भएको छ।

यस दिन बैंकिङको २९ दशमलव ०८, ब्यापारको ५९ दशमलव २३, हाेटल तथा पर्यटनको ९२ दशमलव ८३ र विकाश बैंकको १९४ दशमलव २८ अंकले शेयर घटेको छ। यसैगरी जलविद्युतको ७० दशमलव ४५, फाइनान्सको १०९ दशमलव २६, निर्जीवन बीमा कम्पनीको २९३ दशमलव ७३ तथा उत्पादन तथा निर्माणको ६३ दशमलव ३६ अंकले बजार घटेकोमा माइक्राफाइनान्स र जीवन बीमाको क्रमश ११४ दशमलव १६ र ३१६ दशमलव १६ अंकले बजार घटेको छ।

यसैगरी म्युचुअल फण्डको ० दशमलव ०७, लगानीको २ दशमलव ८१ र अन्यको ५६ दशमलव १४ अंकले शेयरमा गिरावट आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved