नेपाल बारको निर्देशनः ‘सबै अदालतमा कालोपट्टी बाँधेर आन्दालन गर्नुस्’

राजनीतिक दललाई चेतावनीः खबरदार बार एशोसिएशन तपाईंहरुको विरुद्धमा आउन नपरोस्

श्रेष्ठले भने, ‘‘तपाईंहरु कानमा तेल हालेर बस्नुभएको छ। खबरदार, नेपाल बार एशोसिएशन तपाईहरुको विरुद्धमा आउन नपरोस्।”

नेपालभ्युज

नेपाल बारको निर्देशनः ‘सबै अदालतमा कालोपट्टी बाँधेर आन्दालन गर्नुस्’

काठमाडौं। नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरुद्धमा सर्वोच्चसहित सबै तहका अदालतमा कालोपट्टी बाँधेर विरोधमा उत्रिन आह्वान गरेको छ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जिल्ला जिल्लामा, उच्च अदालतमा तथा विशेषमा पनि कालोपट्टी बाँधेर आन्दोलनमा उत्रन सबै बार एकाइहरुलाई आह्वान गरेका छन्। सर्वोच्च परिसरमा आज भएको विरोध प्रदर्शनको क्रममा अध्यक्ष श्रेष्ठले आन्दोलनमा उत्रन आह्वान गरेका हुन्।

श्रेष्ठले अहिलेको परिस्थितिमा राजनीतिक दलहरु मुकदर्शक बनेको भन्दै राजनीतिक दलले उचित निर्णय लिनुपर्ने बताए। उनले दलहरुले कानमा तेल हालेर बसे आफूहरु दलको विरुद्धमा उत्रन बाध्य हुने चेतावनी दिए।

बार एशोसिएसन शुरुवात गरेको आन्दोलनले नेताहरुको संरक्षण गरेको हुँदा जबरालाई बचाउने नाममा नेताहरु लागे नेताहरुले पनि त्यसको प्रतिफल भोग्नुपर्ने अध्यक्ष श्रेष्ठले चेतावनी दिए।

श्रेष्ठले भने, ‘‘तपाईंहरु कानमा तेल हालेर बस्नुभएको छ। खबरदार, नेपाल बार एशोसिएशन तपाईहरुको विरुद्धमा आउन नपरोस्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved