घरदैलोमा हिँडेका बाबुरामलाई जनताले सोधे- बुढिगण्डकी के हुन्छ ? एमसीसी के हो?

दुई महिनाभित्रै बुढिगण्डकीको मोडालिटीबारे टुंगो लाग्ने उनको जिकिर थियो। आठ वर्ष बितिसक्दा पनि आयोजनाको मोडालिटीमै अल्झँदा आफू दुःखी भएको कुरा पनि उनले सुनाए। अस्थिर सरकारको कारण बुढीगण्डकीको यो हालत भएको उनको तर्क थियो।

नेपालभ्युज

घरदैलोमा हिँडेका बाबुरामलाई जनताले सोधे- बुढिगण्डकी के हुन्छ ? एमसीसी के हो?

गोर्खा। पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई जनताका घरदैलोमा पुगेका छन्। जसपाको सुज (पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन) अभियान लिएर उनले गोरखाका सबै गाउँपालिका/नगरपालिकामा जनताको घर–घरमा पुग्ने अभियान थालेका हुन्।

सुज अभियान २२ कात्तिकदेखि ३ मंसिरसम्म संचालन हुनेछ। तल्लो तहका जनताका गुनासा र वास्तविकता बुझ्न र अहिलेको राष्ट्रिय राजनीतिबारे बुझाउन उनी यस्तो अभियानमा निस्केका हुन्। अभियान ३ मंसिरमा बाल्वामा स्वास्थ्य शिविर कार्यक्रम पश्चात टुंगिने छ।

सुज अभियानको पहिलो दिनमै भट्टराईले आफू भोट माग्न नभई जनताको वास्तविकता हेर्न र समस्या समाधानको पहल गर्न घर–घरमा आएको स्पष्टीकरण दिए। उनले सही राजनीति नभएसम्म देश नबन्ने ठोकुवासमेत गरे।

अहिलेको राजनीतिक पार्टी र नेतृत्वले देशको विकास हुन नसक्ने उनको दाबी थियो। तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा (नेकपा) विभाजनलाई उदाहरण दिएर भट्टराईले पुरानो पार्टीबाट अब विकास र समृद्धि सम्भव नहुने विश्लेषण गरे।

साम्यवादको अमूर्त कुरालाई छाडेर सबै राजनीतिक पार्टीलाई समाजवादी धारमा लाग्नसमेत उनले आग्रह गरे। ‘‘पुराना पार्टीबाट देशको विकास र समृद्धि सम्भव छैन। विकासको लागि सबैभन्दा पहिले राजनीति ठीक ठाउँमा आउनुपर्छ’’, जनभेटघाटको क्रममा उनले भने, ‘‘जात र गोत्र त परिवर्तन हुन्छ। विकासको लागि पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छैन। हाम्रो सोच बदल्न जरुरी छ।”

बुढीगण्डकी बन्छ ?
भेटघाटमा भट्टराईलाई स्थानीयले आफ्ना समस्या र सरोकारबारे प्रश्न पनि गरे। गोरखा घ्याल्चोक, तोरी स्वारा बेनिघाट, माझीगाउँका जनताले नछुटाएको प्रश्न थियो, ‘बुढिगण्डकी बन्छ कि बन्दैन ? बने कहिले बन्छ ? कुन मोडालिटीमा बन्छ ?’

बूढीगण्डकी जलविद्युत आयोजनाको योजनाकार भट्टराईलाई गोरखा आउनुअघि यसबारे जनताले प्रश्न गर्छन् भन्ने थाहा भएअनुसार नै सम्बन्धित मन्त्रालयसँग जवाफ मागेर नै गोरखा पुगेका थिए। उनले आयोजनाले गति लिन नसक्नुको प्रमुख कारण ‘कुन मोडालिटीमा बनाउने’ भन्ने टुंगो नलाग्नु रहेको जानकारी गराए।

दुई महिनाभित्रै बुढिगण्डकीको मोडालिटीबारे टुंगो लाग्ने उनको जिकिर थियो। आठ वर्ष बितिसक्दा पनि आयोजनाको मोडालिटीमै अल्झँदा आफू दुःखी भएको कुरा पनि उनले सुनाए। अस्थिर सरकारको कारण बुढीगण्डकीको यो हालत भएको उनको तर्क थियो।

एमसीसीले देश विकास गर्ने
गोरखा गण्डकी गाउँपालिकाका ३ र ८ नम्बर वडा लगायतका जनताले एमसीसीबारे पनि भट्टराईलाई जिज्ञासा राखे। संसदमा उठेका एमसीसीबारे पक्षविपक्षका सवाल/जवाफलाई उदाहरण दिँदै उनीसँग गण्डकी गाउँपालिकाका जनताले ‘एमसीसी पास गरे देश खान्छ भन्छन् के हो’ भनेर सोधे।

जवाफमा भट्टराईले नेपालमा विकास नहोस् भन्ने तत्वहरुले नै एमसीसीबारे भ्रम छरेको बताए। यसमा भारत, चीन र अमेरिका लागेको उनको आरोप थियो। एमसीसी सहयोग लिएर देश विकास गर्नुपर्ने उनको तर्क थियो।

भट्टराईले एमसीसीबारे शंका नगर्न जनतालाई आग्रह गरे। एमसीसीले देश खान्छ भन्ने भ्रम हो भन्दै उनले भने, ‘‘एमसीसी पास गरे यहाँ अमेरिकी सेना नेपाल आउँछ, नेपाल खान्छ भन्छन्। यी सबै भ्रम हुन्। के त्यस्तो भए, नेपाली सुरक्षाकर्मी के हेरेर बस्छ ? हामी चुप लागेर बस्दैनौं नि।”

भट्टराईले अहिले सहयोग लिने र विकास तथा समृद्धिमा लाग्ने बताए। अहिले कसैसँग निहुँ खोज्ने अवस्थामा हामी नभएको भन्दै उनले पहिले आफू बलियो बनेमा बसैले हेप्न नसक्ने बताए।

भट्टराईले भने, ‘‘अहिले एउटाले सहयोग दिन लाग्दा अर्को देशले भ्रम छर्ने काम गरेको छ, यो गलत काम हो।”


Comment

One thought on “घरदैलोमा हिँडेका बाबुरामलाई जनताले सोधे- बुढिगण्डकी के हुन्छ ? एमसीसी के हो?

  1. आफु समेतले निम्त्याएर अग्रीम भागबण्डा लिए खाएकाले नै भ्रम छरेको भन्दै उफ्रिनेवाला हरूले उक्त एम् सी सी ले विकास गर्न सकिन्छ भन्नु र सम्झौता नेपालको सबै कानून भन्दा माथि रहने उल्लेख भएको र भारतको सहमति लिनुपर्ने ,उस्ले नेपालमा कुनै कर तिर्नु नपर्ने जस्ता खतरनाक शर्तहरु
    सहितको सम्झौता नेपालको अहितमा र अमेरिकी स्वार्थ पूरा गर्ने अग्रसरता देश र जनताको दुर्भाग्य र नेतृत्वको ,
    राजनीतिक दिवालियापनको पुष्टि हो भन्नु शायद अत्युक्ति हुने छैन ।
    जय मातृभूमि नेपाल आमाको !
    धन्ने लोकतान्त्रिक गणतन्त्र को उपलब्धि!!
    जयश्री पशुपतिनाथ!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved