सामन्त र दलालले आफ्नो वर्ग उत्थानका लागि विक्रम संवत चलाए- प्रचण्ड

नेपालभ्युज

सामन्त र दलालले आफ्नो वर्ग उत्थानका लागि विक्रम संवत चलाए- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतलाई राष्ट्रिय संवत मात्र घोषणा नगरेको र राष्ट्रिय भावनालाई बलियो पार्ने काम गरेको बताएका छन्।

नेपाल संवत् ११४२ तथा नेपाली चाडपर्वको अवसरमा थिमि नगर कमिटीले बिहीबार गरेको शुभकामना आदनप्रदान कार्यक्रममा प्रचण्डले भने, “विक्रम संवतसँग कहीँ न कहीँ हिजोका राणा, सामन्तहरू, ठूला ठूला दलालहरूले त्यसलाई (विक्रम संवतलाई) आफ्नो वर्गलाई उँचो बनाउने उद्देश्यले गरिएको निर्णय हो।”

पहिला विक्रम संवत लेख्ने चलन नभएको र खासगरी राणाहरूले भारत राजस्थानको विक्रमादित्यसँग जोड्नका लागि यो चलाएको बताए। उदार आदर्शवादी व्यवसायी शंखधरले नेपाल संवत चलाएका भन्दै उनले त्यसको चर्चा गरे।

नेपाल संवतलाई राष्ट्रिय संवत बनाएपछि आफूलाई बधाई तथा शुभकामना दिएको पनि उनले त्यहाँ स्मरण गराएका थिए।

साथै उनले फरक प्रसंगमा जनताको पक्षमा काम नगर्ने मन्त्रीहरूलाई तत्कालै हटाउने चेतावनी पनि दिए। केही समय जनतासँगको सम्बन्ध टुटेर माओवादी बिग्रिए पनि अब एक नम्बर पार्टी बन्ने उनको दाबी थियो।

भने, “प्रचण्ड नै बिग्रिसक्यो, प्रतिक्रियावादीसँग मिल्यो भनेर हिँड्नु भयो केही साथीहरू, कुनै बेला यस्तो नि समय आयो गुण्डाहरुले पनि माओवादीलाई हेपे।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved