प्रेस स्वतन्त्रताको भावनाविपरीत कुनै विधेयक बन्दैन : मुख्यमन्त्री पोखरेल

पोखरेलले आफू नेतृत्वको सरकार पत्रकारकै कलमको सहयोगले स्थापित भएको भन्दै सरकारले संविधानको मूल्य र मान्यताविपरीत गएर पूर्ण स्वतन्त्रताको भावनाविपरीत कुनै पनि विधेयक नबनाउने स्पष्ट पारे।

नेपालभ्युज

प्रेस स्वतन्त्रताको भावनाविपरीत कुनै विधेयक बन्दैन : मुख्यमन्त्री पोखरेल

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताएका छन्। उनले संविधानको मूल्य, मान्यताविपरीत गएर प्रदेश सरकारले प्रेस स्वतन्त्रता हनन् हुन नदिने भन्दै ढुक्क हुन पनि पत्रकारहरुलाई आग्रह गरे।

नेपाल पत्रकार महासंघ, कास्की शाखाले सोमबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पोखरेलले प्रक्रियामा गइसकेको मिडियासम्बन्धी विधेयक पत्रकारहरुसँगकै छलफलमा परिमार्जन गरेर अघि बढन आफूहरु तयार रहेको पनि बताए।

पोखरेलले भने, ‘‘पत्रकार जगत, नागरिक समाज हाम्रा लागि लोकतन्त्रको अपरिहार्य अंग भएकाले पूर्ण स्वतन्त्रता लोकतन्त्रमा हुनुपर्छ भनेर हाम्रो संविधानले स्वीकारेको अवस्था छ। यस अवस्थामा यहाँहरुले जुन आशंका उठाउनु भएको छ, त्यो स्वभाविक हो। यहाँ सरकार परिवर्तन भयो। त्यो विधेयक फिर्ता लिएको भएपनि हुन्थ्यो भन्ने तर्क आउँछ। त्यो विधेयक प्रक्रिया गइसकेको हुनाले त्यो विधान समितितिर गएको छ।”

पोखरेलले आफू नेतृत्वको सरकार पत्रकारकै कलमको सहयोगले स्थापित भएको भन्दै सरकारले संविधानको मूल्य र मान्यताविपरीत गएर पूर्ण स्वतन्त्रताको भावनाविपरीत कुनै पनि विधेयक नबनाउने स्पष्ट पारे।

पोखरेलले भने, ‘‘ढुक्क भएर बस्नुहोला। र हामीले भनेका छौँ–तपाईहरुकै बीचमा बसेर मिडियासम्बन्धी विधेयक परिमार्जन गर्नेछाँैं। गण्डकी प्रदेश सरकार यो प्रतिवद्धता व्यक्त गर्दछ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved