कति बजे लगाउने भाइटीका ?

समितिका अनुसार यस वष भाइटीकाको उत्तम साइत २० कात्तिक बिहान ११ बजेर २ मिनेटमा रहेको छ।

नेपालभ्युज

कति बजे लगाउने भाइटीका ?

काठमाडौं। नेपाल पञ्चांग निर्णायक समितिले भाइटीकासहित तिहारका विभिन्न दिनका पूजाका लागि उत्तम साइत सार्वजनिक गरेको छ।

समितिका अनुसार यस वष भाइटीकाको उत्तम साइत २० कात्तिक बिहान ११ बजेर २ मिनेटमा रहेको छ।

समितिले हरेक वर्ष बडादशैँ तथा तिहारको उत्तम साइत सार्वजनिक गर्दै आएको छ। जसअनुसार समितिले यसवर्षको भाइटीकाको उत्तम साइत २० कात्तिक बिहान ११ बजेर २ मिनेट रहेको छ।

यसवर्षको तिहारपर्वसँग सम्बन्धित दिन तथा साइतहरू
१) १६ कात्तिक, मंगलबार – यमदीपदान, धनत्रयोदशी (धनतेरस), धन्वन्तरी जयन्ती।
२) १७ कात्तिक, बुधबार – काकबली (कागतिहार) कुकुरतिहार नरकचतुर्दशी (रात्रिका अन्त्यमा तेल लगाएर नुहाउने)
३) १८ कात्तिक, बिहीबार – लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि।
४) १९ कात्तिक, शुक्रबार – गोवर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, ने.सं ११४२ प्रारम्भ।
५) २० कात्तिक, शनिबार – यमद्वितीया भाइटीका ,(किजापूजा) बिहान ११ :२ बजे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved