कोभिड-१९ को उत्पत्ति पत्ता लाग्न सक्दैनः अमेरिकी गुप्तचर निकाय

अमेरिकी राष्ट्रिय गुप्तचर निकायले सार्वजनिक भएको प्रतिवेदनमा सार्स-कोभ-२ को उत्पत्ति जनवार हुँदै मानिसमा अथवा ल्याबबाट बाहिरियो भन्ने दुवै तर्क अनुमान मात्रै भएको बताएको छ। यद्यपि, उसले यी दुई सम्भावनामध्ये कुनै एकको प्रभावकारीताको विषय भने मूल्यांकन गर्न सकिने बताएको छ।

नेपालभ्युज

कोभिड-१९ को उत्पत्ति पत्ता लाग्न सक्दैनः अमेरिकी गुप्तचर निकाय

एजेन्सी। अमेरिकी गुप्तचर निकायले शुक्रबार कोरोना भाइरस उत्पत्तिको विषयमा प्रतिवेदन सार्वजनिक गर्दै कोभिड-१९ उत्पत्ति कहिल्यै पत्ता लाग्न नसक्ने बताएको छ। गुप्तचर निकायले कोभिड-१९ जनावरबाट मानिसमा सर्यो अथवा ल्याबबाट बाहिरियो भन्ने विषयमा विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उत्पत्तिको विषय यकिन गर्न नसकिने बताएको हो।

अमेरिकी राष्ट्रिय गुप्तचर निकाय (ओडीएनआई) ले सार्वजनिक भएको प्रतिवेदनमा सार्स-कोभ-२ को उत्पत्ति जनवार हुँदै मानिसमा अथवा ल्याबबाट बाहिरियो भन्ने दुवै तर्क अनुमान मात्रै भएको बताएको छ। यद्यपि, उसले यी दुई सम्भावनामध्ये कुनै एकको प्रभावकारीताको विषय भने मूल्यांकन गर्न सकिने बताएको छ।

यस्तै, प्रतिवेदनले भाइरसलाई जैविक हतियारका रुपमा विकसित गरिएको दाबीलाई अस्वीकार गरेको छ। ‘यो सिद्धान्तको संलग्नता वुहान सरुवा रोग संस्थासँग कुनै सम्बन्ध राख्दैन’ प्रतिवेदनमा बताइएको छ। यस विषयमा अनावश्यक हल्ला फैलाइएको बताउँदै प्रतिवेदनले यस्तो अफवाहलाई खारेजसमेत गरेको छ।

जो बाइडेन प्रशासनले गत अगष्टमा सार्वजनिक गरेको प्रतिवेदनलाई ९० दिनसम्म पुनःपरीक्षण गर्दै शुक्रबार उक्त प्रतिवेदनलाई अत्यावधिक गरिएको हो। कोभिड-१९ उत्पत्तिका विषयमा चीनलाई आरोप लगाउँदै गर्दा अमेरिकी सरकारले आफ्ना नागरिकलाई प्रारम्भिक रुपमा प्रयाप्त सुरक्षा दिन नसकेको आरोपबीच यो अध्ययन प्रतिवेदन अगष्टमा सार्वजनिक गरिएको थियो।

शुक्रबार नै चीनले उक्त प्रतिवेदनको आलोचना गरेको छ।

‘अमेरिकाले वैज्ञानिक अनुसन्धानलाई भन्दा कोभिड-१९ उत्पत्तिको विषयमा आफ्नो गुप्तचर निकायले दिएको प्रतिवेदनमा बढी विश्वास गरेको देखिन्छ, जुन एक प्रकारको पाखण्डिपन हो’, वाशिंटनस्थित चिनियाँ दूतावासका प्रवक्ता लिऊ पेन्युयले एक विज्ञप्तिमार्फत जवाफ दिँदै बताए।

‘यसले भाइरस उत्पत्तिका विषयलाई पत्ता लगाउन विश्वभरका वैज्ञानिक अनुसन्धानले गरेको प्रयासलाई यस प्रकारका गतिविधिले अवमूल्यन गर्छ’, विज्ञप्तिमा भनिएको छ।

अमेरिकाका पूर्व रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ ले अर्थतन्त्रमा पारेको असरका कारण निर्वाचनमा पराजित भएका थिए भने उनका समर्थकले भाइरसलाई ‘चिनियाँ भाइरस’ का नाममा सम्बोधन गर्छन्।

अमेरिकाका केही गुप्चतर निकायहरुले भाइरस प्रकृतिबाट नै उत्पत्ति भएको विषयमा बढी जोड दिन्छन्। उनीहरुको यो दाबीमा खास सत्यता देखिदैन भने पछिल्लो समय भाइरस प्राकृतिक रुपमा जंगली जनावारमा बढी नै फैलिएको देखिन्छ।

ओडीएनआईको प्रतिवेदन अमेरिकाका चार गुप्तचर निकाय र अन्य धेरै निकायलाई कोभिड-१९ को उत्पत्ति संक्रमिक जनावर र भाइरसबाट शुरु भयो भन्ने विषयमा थोरै मात्रै विश्वास रहेको बताउँछ।

यद्यपि, अमेरिकाका एक गुप्तचर निकायले भने पहिलो पटक कोभिड-१९ संक्रमण मानिसमा ल्याबबाट फैलिएको भन्ने विषयमा ‘आंशिक सत्यता’ भएको स्वीकार गर्न सकिने बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved