लुम्बिनी प्रदेशसभामा एमालेको विरोध कायमै

लुम्बिनी प्रदेशसभामा एमालेको विरोध कायमै

लुम्बिनी प्रदेशसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेको छ। निर्धारित समयभन्दा आधा घण्टा ढिला सुरु भएको बैठकमा एमालेका सांसदले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए। एमालेका प्रदेशसभा सदस्य नारायण आचार्यले एमालेले कारबाही गरेका दुई सांसद पदमुक्त नहुँदासम्म सदन चल्न नदिने एमालेको अडान रहेको बताए।

एमालेको विरोधपछि केही बेर स्थगित भएर फेरि सुरु भएको बैठकमा वन, वातावरण तथा भूसंरक्षणमन्त्री सुरेन्द्रबहादुर हमालले वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझी कोतर्फबाट राज्यमन्त्री सहसराम यादवले जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निर्णयार्थ पेस गरेका थिए।

बैठकको शून्य समयमा प्रदेशसभाका सदस्य रुन्धावती शर्माले गत हप्ता आएको वर्षाले किसानको धान बालीमा ठुलो क्षति पुर्‍याएकाले राहतको व्यवस्थाको माग गरे। उनले तत्काल किसानलाई उचित क्षतिपूर्ति दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved