एएफसी यू-२३ एसियन कप छनोट

घरेलु टिम ताजकस्तानसँग भिड्दै नेपाल

पहिलो खेल गुमाएको नेपाल आजको खेल जित्नैपर्ने दवावमा छ। समूह बीमा रहेको नेपालले एसियाकै बलियो टिम इरानसँग ४-० को हारसहित प्रतियोगिताको शुरुवात गरेको थियो।

नेपालभ्युज

घरेलु टिम ताजकस्तानसँग भिड्दै नेपाल

काठमाडौं। एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत नेपालले आज ताजकस्तानसँग उसकै मैदानमा खेल्दैछ। छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजकस्तानसँग खेल्न लागेको हो।

ताजकस्तानको रिपब्लिकन सेन्ट्रल रंगशालामा खेल नेपाली समयअनुसार राति पौने आठ बजे शुरु हुनेछ। घरेलु टिमविरुद्ध नेपाल जितको लक्ष्यसहित मैदानमा हुनेछ।

पहिलो खेल गुमाएको नेपाल आजको खेल जित्नैपर्ने दवावमा छ। समूह बीमा रहेको नेपालले एसियाकै बलियो टिम इरानसँग ४-० को हारसहित प्रतियोगिताको शुरुवात गरेको थियो।

यता ताजकस्तान पहिलो खेलमा निकालेको जितको नतिजा कायम राख्ने लक्ष्यसहित नेपालविरुद्ध मैदानमा उत्रनेछ। उसले पहिलो खेलमा लेबनानलाई हराएको थियो ।

समूह बीमा समान ३ अंक जोडेका इरान शीर्ष स्थानमा र ताजकस्तान दोस्रो स्थानमा रहेका छन्। अंकविहीन रहेका लेबनान र नेपाल क्रमशः तेस्रो चौंथोमा रहेका छन्।

समूहको शीर्ष टोलीले उज्वेकिस्तानमा १ देखि १९ जुन २०२२ मा हुने एएफसी यू-२३ एसियन कप खेल्नेछन्। यस्तै, दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved