थप ६७२ मा कोरोना संक्रमण, आठ जनाको मृत्यु

नेपालभ्युज

थप ६७२ मा कोरोना संक्रमण, आठ जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६७२ मा संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ४९५ मा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १० हजार ३७५ रहेका छन्। त्यसैगरी पछिल्लो २४ घण्टामा ४९५ जना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८९ हजार १२५ रहेको छ। नेपालमा संक्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ।

यसैगरी आज कोरोना संक्रमणबाट आठ जनाको निधन भएको छ। अहिलेसम्म संक्रमणबाट ११ हजार ३८० को निधन भएको छ। त्यस्तै पछिल्लो समय ७७ हजार २०७ ले खोप लगाएका छन्। हाल मृत्युदर एक दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved