प्रधानन्यायाधीश विवाद

सर्वोच्चका न्यायाधीशहरूको निष्कर्ष – चोलेन्द्रको नेतृत्वमा सर्वोच्च चल्न सक्दैन

नेपालभ्युज

सर्वोच्चका न्यायाधीशहरूको निष्कर्ष – चोलेन्द्रको नेतृत्वमा सर्वोच्च चल्न सक्दैन

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाकाले कसैले राजीनामा माग्दैमा नदिने बताइरहँदा न्यायाधीशहरूले भने उनको नेतृत्वमा सर्वोच्च अदालत चल्न नसक्ने निष्कर्ष निकालेका छन्।

मंगलबार बसेको सर्वोच्चका न्यायाधीशहरूको बैठकले राणाको नेतृत्वमा न्यायालयको गरिमा बच्न नसक्ने ठहर गरेको हो।

बुधबार बिहान साँढे ११ बजे पुनः छलफल गर्ने उनीहरूको तयारी छ। बैठकपछि सबै न्यायाधीश आआफ्नो च्याम्बरमा गएका छन्। यसअघि न्यायाधीशहरूले फुल कोर्ट बहिष्कार गरेका थिए। साथै न्यायाधीशहरूले मंगलबारै प्रधानन्यायाधीश राणालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए।

यता प्रधानन्यायाधीश राणाले भने सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिइसकेकाछन्। उनले आफू संवैधानिक प्रक्रियाबाट आएको र जाने प्रक्रिया पनि संवैधानिक नै भएको समेत बताएर सक्ने भए महाअभियोग लगाऊ भन्ने संकेत गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved